0
जीवन एउटा सङ्घर्षपुर्ण यात्रा हो । जुन जीवनको यात्राहरू कतिपय इतिहास बन्छन्, कति बन्दैनन् । कति बन्न खोज्दा खोज्दै पूर्णविराम लागिसकेको हुन्छ । कलाको दृष्टिकोणबाट हेर्ने हो भने जीवन एक सङ्गीत पनि हो । जहाँ विभिन्न धुनहरू बन्दै अन्तिम समयमा पूर्णविराम लाग्छ । तर ती धुनहरू भने रहिरहन्छ । सङ्गीतमै आफ्नो जीवन समर्पण गर्नेहरूको लागि चाहि जीवन साँच्ची कै सङ्गीत नै हो भन्दा अत्युक्ति नहोला । हुन त कलाकार सङ्गीतकार भन्दैमा यो क्षेत्रमा जीवन धकेल्न त्यति सजिलो त छैन । यसको लागि मेहनत र अटुट प्रयास चाहिन्छ । जबसम्म प्रयास र मेहनत पुग्दैन तबसम्म सफलता पाउनु भनेको आकाशको फल आखा तरि मर जस्तै हो । तर जब सङ्घर्ष जीवनका बाटाहरूमा आउने काँडाहरूलाई पार गर्ने अटुट प्रयास गरिन्छ अनि मात्र सफलता पाउन सकिन्छ । त्यस्तै एक मेहनत र सङ्घर्षशील व्यक्ति हुन् नवगायक सुरेश राना मगर ।
हाल पोखरामा बसेर कलाकारिताको क्षेत्रमा सङ्घर्ष गरिरहेको सुरेशको स्थायी घर स्याङजा मनकामना–८, सिमलडाँडा हो । टेकबहादुर राना मगर र पवित्रा रानामगरको कोखबाट २०५१ सालमा उनको जन्म भएको हो । गाउँमै पढेर उनले साङ्गीतिक माहोल पनि गाउँकै वातावरणमा प्राप्त गरेको थिए । सुरेश सामान्य परिवारबाटै हुर्किदै आएका हुन् । साङ्गीतिक माहोलका हिसाबले कुरा गर्ने हो भने सानैबाट घाँस दाउरा मेलापात गर्दा गीत गुन्गुनाउने गर्थे । बाल्यकालमा उनी सोझा थिए । स्कुलका कार्यक्रमहरूमा सहभागी भएर पुरस्कारहरू जित्ने गर्थे । यही नै उनको उत्साहको बाटो थियो ।
उनी यति भाग्यामानी थिए कि उनको प्रतिभा देखेर घर परिवार शिक्षकलगायत आफन्तहरूबाट अति नै सहयोग पाइराख्थे । उनको जीवनको मुल लक्ष्य नै कलाकार बन्नु थियो । उच्च शिक्षाका लागि उनले दुई वटा स्कुल फेर्नु परेको थियो । मजाको कुरा त यो पनि छ कि उनी स्थानीय गाउलेहरूसँग उनी ढुक्कले दोहोरी गाउथे । पढाइपछि उनी वैदेशिक रोजगारीका लागि पोखरा आएका हुन् । पोखरा आएपछि उनी कोरियन भाषा सिक्न लागे । पोखरामा बस्दाबस्दै उनले दोस्रो राष्ट्रिय पोर्क महोत्सवमा गीत गाउने अवसर पाए । सुरेशको प्रतिभा देखेर सम्पूर्ण अग्रज कलाकारले पनि राम्रो प्रतिक्रिया दिए । उनी विदेश जानुको एउटै उद्देश्य चाही पैसा कमाएर एल्बम निकाल्ने, कलाकारिता क्षेत्रमा लाग्ने तर सुरेशलाई विदेश जानै परेन । उनको प्रतिभा देखेर सहयोग गर्ने सहयोगी हातहरू फेला पारे ।  हाल उनी आफ्नो पहिलो गीत बैश उमेर बोलको गीत प्रचार प्रसारमा व्यस्त छन् । यो गीतमा उनले पहिलो पटक आफ्नै स्वरमा रेकर्ड गराए । साथमा उनलाई साथ दिए नेपाली लोकदोहोरी सङ्गीत क्षेत्रका अत्यन्तै चर्चित गायिका देवी घत्र्ती मगरले ।
सुरुवातमा यो गीत रेकर्ड गर्नलाई निकै समस्या थियो । विशेष गरी आर्थिक समस्यामा नै रुमल्लिरहेका थिए । तर पछि सम्पुर्ण आफ्ना आफन्त देश विदेशमा भएकाहरूले सहयोग गरेको भन्दै सुरेश आफ्ना सम्पुर्ण सहयोगी महानुभावलाई सम्झन्छन् । पहिलो गीत उनले काठमाण्डुमा नै रेकर्ड गराएका हुन् ।
उनलाई काठमाण्डुमा गीत रेकर्ड गर्नका लागि पनि काठमाण्डुकै दाइहरूबाट सहयोग मिलेको सुरेश बताउछन् । उनी भन्छन् मलाई गीत रेकर्ड गर्न जादा कुनै समस्या परेन । मात्र जाने र गीत रेकर्ड गर्ने मात्र मेरो काम भयो । सबै खर्चहरू उहाहरूले नै ब्यवस्था गरिदिनु भयो । यो अर्थमा उनको प्रतिभालाई बुझिदिने उनका आफन्तहरूको वर्णन गर्न सकिन्न । उनी थप्छन् मैले गीत काठमाण्डुमा रेकर्ड गराए किनकी म पोखरा बसे पनि बढि आफन्तहरू काठमाण्डुमै छन् त्यसैले मलाई सजिलो भयो । हाल म पोखरा बस्छु । पहिले काकीको बस्थे । हाल दिदीकहाँ सँगै बस्छु ।
उनी मुस्कुराउँदै भन्छन्–म पृथ्वीचोकस्थित लोकदोहोरी क्षेत्रमै चर्चा कमाईसकेका अग्रज कलाकारहरूले मिलेर खोलेको दोहोरी साँझ हाम्रो दोहोरी साँझमा लोक दोहोरी गायकका रुपमा काम गर्छु । यो काम मैले दोश्रो राष्ट्रिय पोर्क महोत्सवमा गीत गाउने बेला उक्त मेलाको आयोजक मामा र छिमेकी दाई हुनुभएको कारणले गीत गाउने अवसर र काम गर्ने अवसर मिल्यो । मेरो प्रस्तुति र प्रतिभा भएको कारण सहज रुपमा मलाई काम मिल्यो । हुन त सङ्गीत क्षेत्रको जति क्रेज नेपालमा छ त्यतिकै चुनौतिहरू पनि नभएको होइन । भोलि मेरो भविष्य खोई भन्ने अवस्था नआउला भन्न पनि सकिन्न । त्यहि कारण विकल्पमा उनले कोरीयन भाषा सिकेर परीक्षा समेत दिएका छन् । अहिले उनी उक्त रिजल्टको पर्खाईमा छन् । े
यदि उनी परीक्षामा सफल र अवसर पाए उनी विदेश गए पनि यो कलाकारिता क्षेत्रलाई नछोड्ने अठोट लिएर बसेका छन् । किनकी आर्थिक रुपमै सबल र सक्षम भए आफ्नो कलाकारितालाई अगाडि ल्याउन त्यो विकल्प रोजेको बताउछन् । उनको पहिलो गीत वैश उमेरको पहिलो म्युजिक भिडियोसमेत तयार भइसकेको छ । ख्यातिप्राप्त मोडल पार्वती राईलाई उक्त भिडियोमा देख्न सकिन्छ । यो गीतको सङ्गीत र शब्द सुमन परियारको हो भने उक्त गीतमा सुमन परियारले नै लिड नृत्य पनि गरेका छन् । उनले यस गीतको भिडियोबाट पनि राम्रै प्रतिक्रिया पनि प्राप्त गरेका छन् ।
यो गीतसँगै आगामी दिनमा राम्रो गीत र समाजले पाच्य गीत निकाल्ने निधो गरिरहेका छन् । प्रतिभाशाली गायक सुरेश राना मगरलाई धेरै बधाई अनि शुभकामना !





Post a Comment

 
Top