0
पोखराको गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार नारायण शाहीमाथि आक्रमण गर्ने प्रहरीलाई कार्वाही गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले लिखित निर्देशन दिएको छ । जिल्ला प्रहरी प्रमुख घनश्याम अर्यालले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विश्व अधिकारीलाई मंगलवार विहान पत्र लेखि कार्वाही गर्न निर्देशन दिएका हुन् । ‘मैले पत्र लेखेर नै अनुसन्धान र कारवाही गर्न निर्देशन दिईसकेको छु’, दोषी प्रहरीलाई कार्वाहीको माग गर्दै अर्याललाई भेट्न गएको पत्रकारको टोलीसंग उनले भने,–‘प्रहरी ऐन २०७१ अनुसार २४ घण्टाभित्र यसको नतिजा आउँछ । एउटा मोटरसाईकल र बस बीचको विवादको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा पुगेका पत्रकार शाहीमाथि प्रहरी सहायक निरीक्षक पूर्णबहादुर अधिकारी तथा काजीमान खत्रीले शाहीमाथि हातपात गर्दै दुव्र्यवहार गरेका थिए । आफूमाथि दुव्र्यवहार र हातपात भएको कुरा जानकारी गराउँदा पनि ट्राफिक प्रहरी प्रमुख विश्व अधिकारी मौन बसेको तथा सवाललाई अर्कैतिर मोडेर घटनालाई गुपचुप राख्न खोजेका थिए । सो कुराको जानकारी गराउँदा एसपी अर्यालले आश्चर्य व्यक्त गरे । उनीहरु खराब भए बुझेनन् र हातपात तथा दुव्र्यवहार गरे, तर त्यसको जानकारी पाउँदा प्रहरी निरीक्षक समेत मौन बस्दा मलाई आश्चर्य लागेको छ, मलाई समयमै किन जानकारी गराईएन’–अर्याललाई भेट्न पुगेको टोलीसँग उनले भनेका थिए । शाहीमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई कार्वाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली पार्षद दीपेन्द्र श्रेष्ठ प्रेस सेन्टर कास्कीका अध्यक्ष विभु भुसाल, उपाध्यक्ष सन्देश श्रेष्ठ, दीपक परियार, घनश्याम पाण्डे, प्रेस चौतारी कास्कीका सचिव अर्जुन गिरी, नेपाल प्रेस युनियन गण्डकी अञ्चल संयोजक टंक अधिकारी स्वतन्त्र पत्रकार संघ कास्कीका पूर्व अध्यक्ष दीपक के श्रेष्ठ, पत्रकार शोभाकान्त सिग्देल तथा नारायण शाहीको टोली जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेको थियो । शाहीमाथि दुव्र्यवहार भएको प्रति नेपाल पत्रकार महासंघ, कास्की, प्रेस सेण्टर नेपाल कास्की, गण्डकी टेलिभिजन लगायतले छुट्टा–छुट्टै विज्ञप्ति निकालेर घटनाको भत्र्सना गर्दै दोषीमाथि कार्वाही गर्न माग गरेका छन् ।

Post a Comment

 
Top