0
कास्कीको भरतपोखरी, कृस्तिलगायतका विभिन्न स्थानमा बाँदरले मकैबाली खाइदिएपछि कृषक समस्यामा परेका छन् । भरतपोखरीका आँगेटारी, हुँडिकोटका साथै कृस्ति, पुम्दीभुम्दी, हंसपुर, अर्मलालगायतका स्थानमा बाँदरले मकैबालीमा धेरै क्षति पु¥याएको कृषकको गुनासो छ । जङ्गलमा बाँदरको सङ्ख्या अत्यधिक बढेको बताउने स्थानीयवासी बन्धुराज पौडेलले बाँदरका कारण अधिकांश स्थानमा कृषकले लगाएको ७० प्रतिशतभन्दा बढी मकैबालीमा क्षति पुगेको बताए । कास्की जिल्लाका भरतपोखरी, कृस्ति, पुम्दीभुम्दी, हंसपुर, अर्मला लगायतका स्थानमा बाँदरले मकैबालीमा क्षति पु¥याएको गुनासो आउने गरेको जिल्ला कृषि विकास कार्यालय कास्कीका बाली संरक्षण शाखाका प्राविधिक लिलाप्रसाद पङ्गेनीले बताए । राज्यको स्पष्ट नीति बनि नसकेका कारण पनि बाँदर नियन्त्रण गर्न कठिनाइ हुने गरेको उनको भनाइ छ । पछिल्ला वर्षमा वनजङ्गल बढ्दै जाने, खेतीपाती गर्ने क्रम घट्दै जाने भएका कारण पनि खेती भएका स्थानमा बाँदरले सताउने गरेको पङ्गेनीको भनाइ छ । वन्यजन्तु संरक्षण ऐनले बाँदर मार्न नहुने व्यवस्था गरेको छ । कास्की जिल्लामा मात्र नभएर देशव्यापी रुपमा बाँदरका कारण कृषक समस्यामा परेका कारण यसको उचित व्यवस्थापनका लागि जिल्ला कृषि विकास कार्यालय हुँदै क्षेत्र एवम् केन्द्र स्तरसम्म पहल गर्नुपर्ने देखिएको छ । रासस

Post a Comment

 
Top