0
गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा विद्यालयका बस चालक र शिक्षकका लागि प्राथमिक उपचार र सडक सुरक्षाबारे चारदिने  तालिम पोखरामा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति बामदेव ढुङ्गानाले  दुर्घटना वृद्धिसँगै प्राथमिक उपचारको महत्व बढ्दै गएको बताए । उहाँले दुर्घटनामा परि घाइते भएका विरामीलाई प्राथमिक उपचार प्रदान गर्नाले थप जटिल हुनबाट जोगाउन सकिने बताए । सहभागीको तर्फबाट हर्क बहादुर वि.क. र गीता पहारीले तालिम जीवन उपयोगी भएको बताए । तालिममा २४ जनाको सहभागिता रहेको थियो । तालिममा शाखाका मन्त्री कृष्ण तिमिल्सीना सदस्य राजेश घिमिरे, मोहनसिंह खड्का, मिना सुवेदी र सागर पौडेलले सहजिकरण गरेका थिए । फिल्ड अफिसर प्रतिभा सापकोटाले नेपाल रेडक्रस सोसाईटी कास्की शाखा प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम अन्तर्गत सो कार्यक्रम कास्कीमा कोत्रेदेखि लुम्लेसम्म सञ्चालन भइरहेको जानकारी दिए।









Post a Comment

 
Top