0
पोखरा १७ असार ।लायन्स क्लव अफ पोखरा स्टकले कास्कीकोट–२, दोपहरेका अति विपन्न अवस्थामा रहेका भूकम्पपीडित एक परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरेको छ । लायन वर्ष २०१५÷०१६ को अन्तिम दिन अर्थात बिहीबार कास्कीकोटमा आयोजित एक कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ बी १ नेपालका मिडिया को–अर्डिनेटर सुदीपराज ढुङ्गानाले बद्री सुनारलाई उक्त घर हस्तान्तरण गरेका हुन् । घरको केही संरचना भने निर्माण गर्न बाँकी नै छ । उक्त घर निर्माण गर्नका लागि क्लवले गत चैत्रमा फिल्म च्यारिटी शो गरेको थियो । उक्त शोबाट आम्दानी भएको ५० हजार रुपैयाँमा क्लवको आन्तरिक कोषबाट ४० हजार रुपैयाँ थप गरि ९० हजार रुपैयाँ तथा घरधनी सुनारको केही लागतमा उक्त घर निर्माण गरिएको क्लवका अध्यक्ष नारायण हरि भण्डारीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदिपराज ढुङ्गानाले लायन्स स्टकले छोटो समयमै रचनात्मक एवं महत्वपूर्ण काम गरेको बताए । कार्यक्रममा स्थानीय समाजसेवी चूडामणि सुवेदी, क्लवका नयाँ अध्यक्ष रमेश वञ्जरा, कार्यक्रम संयोजक रामचन्द्र भट्ट, सह–संयोजक परमेश्वर बस्ताकोटी, सदस्य मनोज खड्का लगायतले विपन्न परिवारलाई घर निर्माणमा सहयोग गरेर पोखरा स्टकले महत्वपूर्ण कार्य गरेको भन्दै यस्ता कार्यलाई आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम क्लवका अध्यक्ष नारायणहरि भण्डारीको अध्यक्षतामा भएको थियो ।

Post a Comment

 
Top