0
गोल्डेन न्यूज संवाददाता
भीषण आकासेझरीले पनि फिर्के–बुलौंदी सफाई अभियानलाई रोक्न सकेन । बाग्लुङ बसपार्कसँगै रहेको फिर्के खोलाबाट सुरुवात भएको तेस्रो श्रृंखलाको सफाई अभियानले सयांै जनता र सुरक्षा निकायको बलियो साथ पायो । एसओएस बालग्रामको ३० औं वार्षिक उत्सवका अवसरमा एसओएस गण्डकी, एसओएस बालग्राम पोखरा तथा एसओएस भोकेसनल टे«निङ सेन्टर छोरेपाटनका तर्फबाट १५ थान डोको र थुन्से निर्देशक भगत श्रेष्ठले फिर्के–बुलौंदी सफाई अभियानप्रति ऐक्यबद्धता जनाउँदै सरोकार समिति मार्फत पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत भीमबहादुर कुँवरलाई सहयोग स्वरुप हस्तान्तरण गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरा प्रमुख डिल्लीराम शर्माले यो अभियान ऐतिहासिक कदम भन्दै फोहोरमैला मात्रै नभई सुशासनको प्रबद्र्धन गर्दै भ्रष्टाचारलाई समेत सफाई गर्न सफलहोस् भन्दै उपस्थित सबै अभियानहरुलाई सपथ खुवाएको थिए ।
कार्यक्रममा गण्डकी अटोमेकानिकल वर्कशप एशोसिएसनका तर्फबाट ऐक्यबद्धता स्वरुप १० थान डोको उपलब्ध गराईएको थियो भने टोल विकास संस्था वडा समन्वय समिति–४ र मुक्तिनाथ विकास बैंकका तर्फबाट १५०० जोर ग्लोब वितरण गरिएको थियो । अभियानलाई विभिन्न अत्यावश्यकीय महत्वपूर्ण सामग्री प्रदान गरी प्रमुख सहयोगी बनेको क्षेत्रीय खानेपानी अनुगमन तथा सुपरीवेक्षण कार्यालयका तर्फबाट सीडीई नन्दलाल बन्जाडेले ५० थान सेफ्टी ग्लोब प्रदान गरेका थिए । सफाई अभियानलाई वडा नं. १,२,४,५,६,७,८,१७ र २६ का विभिन्न आमा समूह टोल विकास संस्था, नेपाल स्काउट रेडक्रसकर्मी, सिद्धार्थ क्लब, विभिन्न संघसंस्था, वडा नागरिक मञ्च लगायत स्थानीय टोलबासी, सुरक्षा निकाय, जिविस कास्की र नगरपालिकाले साथ दिएका थिए । करिब ५ सय मिटरसम्म सम्पन्न सफाई अभियानमा ३ ट्रक फोहोर उठाइएको थियो । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले फिर्के–बुलौदीसँग जोडिएका वडाहरुमा क्रियाशील राजनीतिक दलका नेताहरु सल्लाहकार रहने गरी वडासचिवको अध्यक्षतामा टोल विकास संस्था, आमा समूह, वडा नागरिक मञ्च, रेडक्रस र सक्रिय संघसंस्था सदस्य रहने गरी बढीमा ७ सदस्यीय संरक्षण समिति गठन गरी फोहोर मैला व्यवस्थापन तथा नियमन गर्नतर्फ महत्वपूर्ण परामर्शमा रहेको बताए । अर्काे हप्ता शनिबार पस्र्याङपुलमा जम्मा भइ बिहान ७ बजे सफाई अभियान सुरु गरिने संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।








Post a Comment

 
Top