0
गोल्डेन न्यूज संवाददाता
हेमजा युनाइटेड पोखरा–२९ हेमजाले शुभकामना कप २०७३ बाट ९ लाख ५८ हजार २५ रुपैयाँ बचत गरेको छ । हेमजा युनाइटेडले २०७३ बैशाख १ गते देखि ७ गते सम्म सञ्चालन गरेको शुभकामना कपबाट १८ लाख २६ हजार ८ सय ५८ रुपैयाँ रकम संकलन गरेको थियो । ८ लाख ६८ हजार ८ सय ३३ रुपैया खेल सञ्चालनार्थ खर्च भएको छ र ९ लाख ५८ हजार २५ रुपैयाँ बचत भएको जानकारी दिएको छ । क्षेत्र नं ४ मा प्रस्तावित हेमजाको गौरीशंकर खेलमैदानलाई राष्ट्रियस्तरको खेलकुद मैदान बनाउने विषयमा समेत छलफल भएको छ । कार्यक्रममा प्रमुख अतिथि पश्चिमाञ्चल खेलुकद विकास समितिका अध्यक्ष खगराज पौडेलले कास्की जिल्लाका चार निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र नं १ मा लेखनाथको भण्डारढिक, क्षेत्र नं २ मा भलाम र क्षेत्र नं ३ मा मालेपाटनको खेलकुद मैदानमा आवश्यक विकास निमार्णका कार्यहरु भइरहेको जानकारी दिए । पौडेलले क्ष्ँोत्र नं ४ को प्रस्तावित क्षेत्रीय खेलमैदान हेमजाको गौरीमा निमार्णका लागि डिपार भइरहेको र डिपार सकेपश्चात पिपिआर मोडल गरी खेलमैदानलाई व्यवस्थित बनाउन बजेटको लागि अगाडि बढाउने बताए । हेमजा युनाइटेडका अध्यक्ष इन्द्र प्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ट फुटवल प्रशिक्षक कृष्ण थापा, नेकपा एमाले कास्कीका जगन्नाथ बाँस्तोला, नेकपा एमाले क्षेत्र नं ४ सभापति विष्णु के.सी, हेमजा गाविसका पूर्व अध्यक्षहरु शोभाकर तिमिल्सिना, रामचन्द्र त्रिपाठी, नेपाली काँग्रेस वडा नं २७ सभापति दानबहादुर थापा, हेमजा युनाइटेडका संस्थापक अध्यक्ष विजय के.सी लगायतले मैदानका बारेमा चर्चा गरेका थिए ।





Post a Comment

 
Top