0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको पोखरा नगर परिषदको अध्यक्षमा मोतिमान शाक्य निर्वाचित भएका छन्। बिहीबार सम्पन्न नगर परिषद्को चुनावमा अध्यक्ष पदका अर्का प्रत्यासी अशिलकुमार शाहीलाई ८५ मत अन्तरले पराजित गर्दै शाक्य अध्यक्षमा निर्वाचित भएका हुन् । कूल खसेको २८२ मतमध्ये शाक्यले १६७ मत पाएर विजयी भएका हुन् शाहीले ८२ मतमात्र प्राप्त गरे भने ३३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा निर्वाचित शाक्य आदिवासी जनजाति जिल्ला समन्वय समिति कास्कीको उपाध्यक्ष समेत हुन् । उनी यसअघि राप्रपा नेपालको कास्की जिल्ला सदस्य थिए । पोखरा उप–महानगरपालिका र तत्कालिन नगर पञ्चायतमा निर्वाचित तथा मनोनित गरि ४ पटकसम्म शाक्य पोखरा–१ को वडाध्यक्ष भएर काम गरिसकेका थिए । शाक्य राप्रपा विभाजन नहुँदा पार्टीको क्षेत्रीय अध्यक्ष समेत भएर काम गरेका थिए । सामाजिक क्षेत्र र खेलकूदमा समेत रुचि राख्ने ७१ वर्षीय उनी  कास्की जिल्ला फुटवल संघका पूर्व अध्यक्ष समेत हुन्। सद्धर्मसभा धर्मसंघ बुद्धबिहार मोहरिया टोलको पूर्व अध्यक्ष रहेका शाक्य धार्मिक क्षेत्रमा पनि निकै क्रियाशिल छन् ।पत्रकार सूर्य बाँस्तोलाले दिएको जानकारी अनुसार नगर परिषद्को निर्वाचन सम्पन्न गर्नका लागि अर्जुनबहादुर बस्नेत निर्वाचन आयुक्त रहेका थिए भने तीर्थराज सुवेदी र भीमराज भण्डारी सदस्य रहेका थिए । नगर परिषदको सदस्यहरुमा जयलाल पुन, भिमराज भण्डारी, सुर्यप्रसाद बाँस्तोला, प्रेमबहादुर मल्ल, अमीर मियाँ, उदयबहादुर कार्की, राजेन्द्र बाँस्तोला, नेत्रबहादुर बस्नेत, कृष्णबहादुर केसी, रत्नाखर आचार्य, रामबहादुर तामाङ् कृष्णकुमार थापा, डम्बरबहादुर अधिकारी, जयन्द्रकुमार राजभण्डारी, डिलकुमारी गुरुङ, याकुबद्धिन मियाँ, टेकबहादुर थापा, धर्मेन्द्रबहादुर थापा, पूजा शाह, विष्णु कार्की, छन्द गिरी, युवराज बाँस्तोला, मुक्तकुमार गुरुङ, ज्ञानेन्द्रकुमार घिमिरे, पूर्णबहादुर गुरुङ, लालबहादुर नेपाली, बुद्धिमान दुरा, धनुमाया कोईराला, सुशिला वाग्ले, कृष्णबहादुर कार्की, ननश्री गुरुङ, राजमती न्यौपाने, शिवकुमार बाँस्तोला, समशेर गुरुङ, भगवति राणा थापा, विष्णुप्रसाद पौडेल, चमेलबहादुर गुरुङ, निर्मल खत्री, महेन्द्रबहादुर कार्की, आश्विनीकुमारी अधिकारी रहेको मिडिया नेपाल कास्कीका अध्यक्ष बद्रिराज गौतमले जानकारी दिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष शाक्यले सबैलाई मिलाएर लैजाने प्रतिवद्धता व्यक्त गरे । कोही कसैको नभई सबै मिलेर अगाडि बढ्नपर्ने बताउँदै उनले राष्ट्रिय एकताको लागि सबै लाग्नुपर्नेमा जोड दिए ।


Post a Comment

 
Top