0
गोल्डेन न्यूज संवाददाता
फेवा विकास बैकले कास्की जिल्ला लेखनाथ नगरपालिकाको तालचोक शाखाबाट कारोबार शुभारम्भ गरेको छ । उक्त शाखाबाट निक्षेप संकलन  ,सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा ब्द्यद्यक्, ब्त्ः, क्ःक् बैकिङ्ग, लकर , सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा,सहितको पूर्ण बैकिगं सेवा संचालन गरिएको प्रमुख कार्यकारी अधिकृत श्री रेशमबहादुर थापाले जानकारी गराउनु भयो। निकट भविष्यमा म्याग्दीको बेनी शाखाबाट पनि कारोबार सञ्चालन गरिने श्री थापाले जानकारी गराउनु भयो । फेवा विकास बैंक लिमिटेडले आ.व. २०७२÷७३ को तेस्रो त्रैयमासमा संचालन मुनाफा रु. २६ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधी सम्म निक्षेप रु. १० अर्ब ६३ करोड पु¥याएको छ भने कर्जातर्फ रु.९ अर्ब ३३ करोड पु¥याएको छ । साथै उक्त बैंकको निष्कृय कर्जाको मात्रा न्यून रहेको जानकारी  प्रमुख कार्यकारी अधिकृत श्री थापाले गराउनु भयो । देशको विषम परिस्थितिका वावजुत पनि यस प्रकारको वृद्धिलाई वैकले सकारात्मक रुपमा लिएको छ ।मिति २०७२ आषाढ २८ गते देखि पोखराका दुई उत्कृष्ट वित्तीय संस्थाहरु विश्व विकास वैक लिं र फेवा फाइनान्स लिं एक आपसमा मर्जर भइ राष्टिूयस्तरको फेवा विकास वैकको रुपमा कारोवार गर्दे आइरहेको छ । वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २८ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा ब्द्यद्यक् ब्त्ः, क्ःक् बैकिङ्गसेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा,प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवातथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आयभएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।










Post a Comment

 
Top