0
गोल्डेन न्यूज संवाददाता
पोखरामा टाटा कम्पनीको नयाँ शो–रुम खुलेको छ । पोखरा–५ प्रस्याङमा जगदम्बा अटोमार्टले टाटा कम्पनीका गाडीहरुको नयाँ शो(रुम खोलेको हो । टाटा कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी प्रालिको आधिकारिक डिलरका रुपमा शो–रुम खोलिएको जगदम्बा अटोमार्टले जनाएको छ । यसअघी अशोका ले–ल्याण्डको डिपो रहेको ठाउँमै जगदम्बा अटोमार्ट सञ्चालनमा आएको छ । जगदम्बाले अशोका ले–ल्याण्डको विक्रीवितरण बन्द गरिसकेको छ । अटोमार्टको शुक्रबार एक समारोहकाबीच सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले रिबन काटेर उद्घाटन गरे । अटो मार्टमा टाटा कम्पनीका ५० भन्दा बढी मोडलका गाडीहरु बिक्रीका लागि राखिएका छन् । टाटा कम्पनीका विभिन्न मोडलका पिकअप भ्यानदेखी ठूला ट्रक र टिप्परसम्म अटोमार्टमा राखिएका छन् । जसको मूल्य न्यूनतम ११ लाखदेखी ३० लाखसम्म रहेको अटोमार्टका कार्यकारी अध्यक्ष केशवप्रसाद अधिकारीले बताए । जगदम्बा अटोमार्टले ग्राहकको सुविधाका लागि चौविसै घण्टा सेवा दिने जनाएको छ । अटोमार्टका कार्यकारी अध्यक्ष अधिकारीले विहान, दिउँसो, बेलुका र राती जुनसुकै बेलापनि सेवा दिनेगरी अटोमार्ट सञ्चालन गरिएको बताए । अधिकारीले सिप्रदी प्रालिले दिने छुट तथा सेवा सुविधा अटोमार्टले पनि दिने जनाए । त्यस्तै, अटोमार्टले सेवालाई चुस्त बनाउन चाँडै वर्कसप सञ्चालन गर्ने र त्यसलाई पनि विहानदेखी रातीसम्मै सेवा दिने व्यवस्था गरिने अधिकारीले बताए ।
यसैबीच, अटोमार्टको शुभारम्भको अवसरमा टाटाका गाडीहरुको खरिदमा छुटसहितको उपहार योजना ल्याएको छ । शुभारम्भको केही समयका लागि साना तथा ठूला गाडीको खरिदमा २५ हजारदेखी ३० हजारसम्म छुट दिइएको कार्यकारी अध्यक्ष अधिकारीले जानकारी दिए । यसैगरी, केही समयका लागि हरेक गाडी खरिदमा सामसुङको जे–सेभेन मोबाइल समेत उपहार प्रदान गरिने उनले बताए । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालको सम्पूर्ण अटोबजारमा टाटा कम्पनीका गाडीले ९० प्रतिशत ओगटेको दाबी गरे । उनले हाल सिप्रदीले नेपालभर प्रतिमहिना १ हजार ५ सय भन्दा बढी गाडी बेचिरहेको बताउँदै जगदम्बा अटोमार्ट सञ्चालनपछि यो संख्या बढ्ने विश्वास व्यक्त गरे ।








Post a Comment

 
Top