0
अफगानिस्तानको काबुलमा भएको आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका १३ जना नेपालीको सम्झनामा बुधबार साँझ यूथ फर चेञ्ज पोखरा (वाईएफसी) ले श्रद्धाञ्जली सभाको आयोजना ग¥यो । निर्दोषमाथि भएको क्रुर आक्रमणको विरोध गर्दैै पोखराको चिप्लेढुंगामा दीप प्रज्वलन गरी शोकसभाको आयोजना गरिएको हो । कार्यक्रममा स्थानीयवासी र युवाहरुको बाक्लो उपस्थिति रहेको थियो । आयोजक संस्थाका उपाध्यक्ष निराकार सिग्देलले काम र मामको खोजीमा विदेशिएका नेपालीमाथि भएको हत्याको निन्दा गरे । ‘वास्तवमा अपराधी र आतंकवादीको कुनै जात नहुने रहेछ’ उनले भने–‘हामी नेपाली शान्तिप्रिय हौं, विश्वले बुझिदेओस् ।’ वाईएफसीका सचिव अनुपमा पुरीले रोजीरोटीका लागि दैनिक हजारौं युवा विदेशिन बाध्य भएको र दुर्घटना तथा यस्ता आतंकवादी आक्रमणमा ज्यान गुमाउनुपर्ने नियति भोग्नुपरेकाले स्वदेशमै गरिखाने वातावरण तयार गर्न राज्यको ध्यानाकर्षण गराईन् । सभामा सहभागी राष्ट्रिय सौन्दर्यकर्मी युनियन कास्कीकी महासचिव सुमन गुरुङले गरिबीले आहत नेपाली श्रमका खातिर विदेशमा मारिनुपर्ने अवस्थाप्रति दुःख व्यक्त गरिन् । शोकसभामा मानव अधिकारवादी, पत्रकार, व्यवसायी, विद्यार्थी, प्रहरी, समाजसेवी, युवालगायतले शोक व्यक्त गरेको आयोजक संस्थाका कोषाध्यक्ष साजन कोइरालाले जानकारी दिए । यूथ फर चेञ्जले यसअघि विप्लव माओवादीद्वारा आयोजित नेपाल बन्दको विरोधस्वरुप मोटरसाईकल ¥याली तथा सडकबालबालिका प्रेरित कार्यक्रम समेत आयोजना गरेको थियो । सोमबार तालिबानीको आक्रमणमा परी घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो । अन्य ६ जना घाईते छन् । दुई भारतीय नागरिकको पनि घटनामा ज्यान गएको थियो ।



Post a Comment

 
Top