0
शिवशक्ति मार्ग टोल विकास संस्था पोखरा–११ले सार्वजनिक सुनुवाई सम्पन्न गरिएको जनाएको छ । संस्थाको अगुवाईमा ७ सय ७७ मिटर बाटो पिच निर्माण सम्पन्न पश्चात् स्थानीयबासीहरु बीच सार्वजनिक सुनुवाई सम्पन्न गरिएको संस्थाका अध्यक्ष पुण्यप्रसाद पौडेलले जानकारी दिए । पोखरा–११ का वडा सचिव भिमदेव शर्माको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा जनसहभागिता र पोउमनपाबाट प्राप्त सहयोग रकम ५० लाख २१ हजार १ सय ९० रुपैयाँ वजेट सार्वजनिक गरिएको थियो । प्रमुख अतिथि शर्माले टोल वासिहरुको एकता र सक्रियताले नै टोलको विकास हुनेमा जोड दिएका थिए । कोषाध्यक्ष मिनबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । शिवशक्ति मार्ग टोल विकास संस्थाका फूलबारीका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सस्थाका उपाध्यक्ष धर्मप्रसाद वाँस्तोलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा महिला समूहकी अध्यक्ष उमादेवी श्रेष्ठ, जनपथ टोलका अगुवा चतुरमान श्रेष्ठ, शिवशक्ति टोलका नारायण पौडेल, संस्थाका सचिव धर्मदत्त ढुङ्गाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।









Post a Comment

 
Top