0
गोल्डेन न्यूज संवाददाता
टोलविकास संस्था वडा समन्वय समिति वडान ९ को आयोजनामा क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्वन्धी एक दिने अभिमुखिकरण तालिम मगलबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा उप–महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले पुरुष प्रधान तथा पितृ सतात्मक रुपमा चल्दै आएको समाजलाई चिर्नुका साथै महिलाहरुलाई अवसर दिनुपर्नेमा जोड दिए । उनले हरेक क्षेत्रमा महिलापुरुष समान रुपमा सहभागिता हुनुपर्ने खाँचो औल्याए ।   वडा नं.९ का सचिव लोकदर्शन कोईरालाले रिसलाई शक्तिको रुपमा परिणत गर्न सक्नु पर्ने र महिलाहरु तिखारिएर अघि बढेमा घरपरिवार देखि समाजलाई रुपान्तरण गर्न सकिने स्पष्ट पारे । टोल विकास सस्था  नगर वडा समन्वय समितिका अध्यक्ष   उज्वल खत्री, वडा नं. ९ महिला समन्वय समितिका अध्यक्ष दिलमाया गुरुङ्ग, समाजसेवी नरेन्द्र तुलाचन, तमुधि नेपाल आमा समूहका केन्द्रीय अध्यक्ष हरिमाया गुरुङ्ग, वडा नागरिक मञ्चका अध्यक्ष लेखुराम खती लगायतले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्ने बताएका थिए । ६० जनाको सहभागिता रहेको तालिममा रेडियो गण्डकीका स्टशेन म्यानजेर एवं प्रशिक्षक  घनश्याम पाण्डेय प्रशिक्षण दिएका थिए । टोलविकास संस्था वडा समन्वय समिति वडान ९का अध्यक्ष उत्तम जोशीले तालिम सोचेभन्दा पनि बढि सफल रहेको बताउँदै सहभागीहरुको माग भए आगामी दिनमा पनि तालिमको आयोजना गर्ने बताए ।







Post a Comment

 
Top