0
गोल्डेन न्यूज संवाददाता
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न भयो । रक्तदान कार्यक्रममा ६८ युनिट रगत संकलन भएको थियो। कार्यक्रममा पहिलो रक्तदाता चित्र बहादुर कुँवरलाई व्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सहकारीले सहकारीको मर्म तथा भावलाई वुझेर सदस्य सेवा सँगै सामाजिक उत्तरदायित्व वहन गरेकोमा खुबि व्यक्त गरे । संस्थाका अध्यक्ष किसान सुनाले सहकारीले सदस्यको सामाजिक, साँस्कृतिक र आर्थिक विकास गर्नुृका साथै विभिन्न समयमा देशमा भएको महाभूकम्प होस वा दैविक प्रकोप सवै ठाउँमा सहयोगीको रुपमा सामाजिक क्षेत्रमा समाज सेवामार्फत आफ्ना  सेवाका हातहरु दिइरहेको बताए ।  कार्यक्रममा  सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलय कास्कीका प्राचार्य वद्रिनाथ अधिकारी, कास्की जिल्ला बचत तथा ऋण संघका अध्यक्ष भीम गुरुङ्ग, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, स्पर्श आयुर्वेद अस्पतालका अध्यक्ष कुशुमकेशव पराजुली, जेष्ठ नागरिक कल्याण समितिका अध्यक्ष डा.अमृत घिमिरे लगायतले आ–आफ्नो भनाइ राखेका थिए । संस्थाका अध्यक्ष किसान सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव नविन किरण भुषाल र स्वागत उपाध्यक्ष शिव प्रसाद सापकोटाले गरेका थिए । कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविरमा एक सय भन्दा वढिले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा  पायल्स, फिसर, फिस्टुला, वाथ हाडजोर्नी, नशा तथा प्यारालाइसिस, डिमिन्सिया, पार्किनसोनिजम लगायतका रोगहरुको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरीएको थियो । स्वास्थ्य शिविरमा स्पर्श आयुर्वद अस्पताल तथा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो । सहकारीले सहकारी क्षेत्रको प्रवद्र्धन तथा विकास होस भन्ने हेतुले हाम्रो सहयोगी सृजनशिल पत्रकारिता पुरस्कार समेत स्थापना गरेको छ । पोखरा लेखनाथ नगरपालिका कार्यक्षेत्र भई कारोवार गर्ने यस संस्थाले यस क्षेत्रका सदस्यहरुलाई सेवा दिदै आएको छ ।


Post a Comment

 
Top