0
आमा मिलन केन्द्र कास्कीको आयोजनामा र नेपाल सरकार युवा तथा खेलकुद विकास विकास मन्त्रालय अन्तर्गत चालु आ.व २०७२÷०७३ को स्थानीय युवा साझेदारी कार्यक्रम अन्तरगत युवा जागरण नेतृत्व विकास तथा परामर्श सम्बन्धी ३ दिने तालिम उद्घाटन भएको छ ।  कार्यक्रमका प्रमुख आतिथि जिल्ला प्रशासन कार्यालय मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारीले मुस्ताङ्ग जिल्लामा युवा जागरण कार्यक्रमको आवश्यकता रहेको र यस तालिमले सहभागीहरुलाई सशक्तिकरण गर्दै सम्बन्धित निकाय सम्मको पहुचमा पुग्न सक्ने बताए । कार्यक्रममा जिल्ला विकास समितिको कार्यालय मुस्ताङ्गका स्थानीय विकास अधिकारी हरी प्रसाद बाँस्तोलाले संस्था छनोट गर्दा उपयुक्त संस्था छनौट भएको सार्थकता भएको बताएका थिए ।  मुस्ताङ्ग जिल्लाका ५० जना युवाहरुको सहभागी कार्यक्रमका सभापति आमा मिलन केन्द्र, कास्कीका अध्यक्ष इन्दिरा पौडेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युवाहरु सशक्त बनाइ, देश मुल प्रवाहीकरण युवाहरुको अर्थपुर्ण सहभागिता भए मात्र समृद्ध समाजको निर्माण निर्माण हुजुपर्नेमा जोड दिइकी थिइन ।
जिल्ला विकास समितिको सभाहलमा सञ्चालन भएको कार्यक्रमको संचालनको आमा मिलन केन्द्र कास्कीका सचीव शर्मिला लम्सालले गरेक िथिइन ।




Post a Comment

 
Top