0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डलले अध्ययन अवलोकन भ्रमणमा आएको धुलिखेल उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डलसँग मंगलबार व्यवसायिक सहकार्य, निजी क्षेत्रको भूमिका तथा पर्यटन प्रवद्र्धनका विविध सम्भावनाबारे छलफल गरेको छ ।  प्रतिनिधीमण्डलाई स्वागत गर्दै कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले सामाजिक उत्तरदायित्व बहन तथा विकास निर्माणको लागि लविङ  र पैरवीका कारण निजी क्षेत्रको भूमिका व्यापक हुँदै गएको बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघले आफ्नो स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, पर्यटनको विकास तथा कृषिको व्यवसायिकरणमा जोड दिँदै आएको बताउँदै उहाँले यो अभियानलाई अझ सशक्त बनाउन संघले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । पोखरा नगर क्षेत्रमा मात्र नभएर वरपरको क्षेत्रमा पनि पर्यटन उद्योगको लागि पूर्वाधार बनेको सन्दर्भ झिक्दै उहाँले भन्नुभयो(‘ पोखरा र यो वरपरको क्षेत्रमा पनि पर्यटन उद्योगको विकास हुन सकेमात्र पर्यटकको बसाई लम्ब्याउन सकिन्छ र त्यसले नेपालको अर्थतन्त्रमा पनि सकारात्मक असर पार्छ ।  भ्रमण दलका नेता धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठले धुलिखेलमा ठूला होटलहरु संचालनमा रहेको भएता पनि पर्यटनको फाइदा तल्लो तहका नागरिकहरुसम्म पु¥याउन सो क्षेत्रमा होमस्टेको प्रवद्र्धन थालिएको बताउनुभयो । पोखरा उद्योग वाणिज्य महासंघका द्धितीय उपाध्यक्ष मीनराज काफ्लेको धन्यवाद ज्ञापन र महासचिव रवीन्द्रबहादुर प्रजुको संचालन रहेको कार्यक्रममा बोल्दै गाउँ पर्यटन प्रवद्र्धन मञ्च कास्कीका अध्यक्ष  तारानाथ पहारीले होमस्टेको दीगो संचालनको लागि पर्यटन र कलाको विकासमा पनि जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा धुलिखेल उद्योग वाणिज्य संघका उपाध्यक्ष अनन्तकृष्ण श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघको एक गाउँ एक उत्पादन कार्यक्रमका अधिकृत अरुणकृष्ण श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य नारायण कोइराला, ईश्वर कर्माचार्य, बलराम आचार्य,मदन केसी, धुलिखेल उवा संघका कार्यसमिति सदस्यमहेशकुमार योन्जनलगायतले निजी क्षेत्रको भूमिका र व्यवसायिक दायित्व विषयमा आ
–आफ्नो धारणा राख्नुभएको थियो ।




Post a Comment

 
Top