0
नारी बिकास आमा समूहको आयोजना एबं जिबिस कास्कीको सहयोगमा  मा लेखनाथमा माला तथा ब्याज बून्ने तालीम शूरु भएको छ । तालीमको उद्घाटन गर्दे महिला जिल्ला समन्वय समिति कास्कीका उपाध्यक्ष तारा अधिकारी ले महिलाको नाउमा छूट्याइएको बजेट महिला कै शसत्तिकरणमा खर्च गरिनू पर्नेमा जोड दिइन । महिलालाइ सिप मूलक तालिम प्रदान गरेर  आत्म निर्भर बनाउनका लागि तालीम आयोजना गरिएको उनले बताइन। नारी बिकास आमा समूहका अध्यक्ष तारा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस लेखनाथ १२ का सभापति दूर्गा प्रसाद सूबेदी,एमाले अध्यक्ष श्रीराम पोख्रेल,नेकपा माओबादी केन्द्रका अध्यक्ष कृण्ण प्रसाद शर्मा,राप्रपा नगर अध्यक्ष हेम हमाल लगाएतले शूभकामना मन्तब्य राखेका थिए ।तालीमलाइ हस्तकला सचेतना समूहका प्रोपाइटर  गोमा सूबेदी र नारायणी सूबेदी ले सहजीकरण गरेका थिए । कार्यक्रममा स्वगत मन्तब्य  इन्दिरा तिवारी ले गरेकी थिइन भने कार्यक्रमको संचालन नारी बिकास आमा समूहका सचिब  सीता पौडेलले गरेकी थिइन ।

Post a Comment

 
Top