0
गोल्डेन न्यूज संवाददाता
पोखरा र भारतको उत्तर प्रदेशको बीचमा सिधा बस सेवा सञ्चालन हुने भएको छ । भारतको उत्तर प्रदेशको परिवहन विभाग र नेपालीपक्षबीच मंगलवार दिल्लीमा आठ बुदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । समझदारी अनुसार उत्तर प्रदेशको आनन्द बिहार र पोखराबाट प्रत्येक दिन बसहरु संचालन हुने छ । आगामी असार २७ गते दुवै देशमा यातायात मन्त्रीहरुले पोखराबाट बस सेवाको उद्घाटन गर्ने दुवै पक्षले जानकारी दिएका छन् । हाल प्रत्येक दिन पोखरा र आनन्द बिहारबाट एक एक वटा वस संचालन गर्ने र आवश्यक परेमा त्यसलाई विस्तार गर्ने सहमति समेत दुवै पक्षले गरेका छन् । नेपाल–भारत मैत्री बससेवा पोखरा दिल्ली पोखराबाट पनि सञ्चालन हुने छ । भारतको गाजियावादमा दुबै तर्फबाट हस्ताक्षर भएको छ । जसमा नेपालको तर्फबाट मोर्डन इरा टुर्स एन्ड ट्राभलको अध्यक्ष केशबप्रसाद अधिकारी र भारतको गाजियावाद रिजिनल मैनेजर पिको बोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् । बस, आन्न्द बिहार बस अड्डाबाट बिहान ९ बजे छुट्ने बस दिल्ली बुटवल स्याङ्जा हुँदै पोखरा जाने आउने अधिकारीले जानकारी दिएका छन् । २ हजार २ सय रुपैयाँ भाडा दर तोकेको छ । यात्रा गर्दा परिचय पत्र अनिवार्य हुने अधिकारीको भनाई छ । यस अगाडि पोखराबाट नयाँदिल्ली बस सेवा सञ्चालन हुदै आएको बताए । बस सेवाले भारतीय पर्यटकहरुलाई पोखरा भ्रमण गर्नको लागि यसले महत्वपूर्ण सहयोग गर्ने बताइएको छ ।









Post a Comment

 
Top