0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेडी जेसीजले आफ्नो स्थापनाको २८आंै बार्षिकोत्सवको अवसर पारेर लेखनाथ–१३ स्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई साउण्ड सिस्टम प्रदान गरेको छ । साउण्ड सिस्टम हस्तान्तरण गर्दै  लेखनाथ नगरपालिका कार्यालयका प्रमुख कार्यकारी अधिकृत लोकनाथ भण्डारीले ज्येष्ठ नागरिकहरुको सम्मान गर्न सकेमा मात्र समाज अनुशासित हुने बताए । ज्येष्ठ नागरिकलाई अनुत्पादक जनशक्ति ठान्ने र परिवारले पनि बोझको रुपमा हेर्नु दुर्भाग्यपूर्ण भएको बताउँदै अनुभवका खानी जेष्ठ नागरिकलाइ बेलैमा पहिचान गरी अघि बढेमामात्र समाज विकास हुने बताए। पोखरा लेडी जेसीजका अध्यक्ष प्रमिला सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति मन्त्रालयका पूर्ब सहसचिव लक्ष्मीशरण घिमिरे, लेखनाथ जेसीजका अध्यक्ष अर्जुन ओझा, पूर्व अध्यक्ष वसन्त केसी, अन्जु शर्मा ढकाल, सीता पाण्डे, सजना महत, आश्रमका उपाध्यक्ष गणेश बहादुर खत्री, मातृका प्रसाद सिग्देल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा एसएलसीमा उत्कृष्ट अंक प्राप्त गर्न सफल जेसीज परिवारका छोराछोरीहरु पोषण ढकाल, प्रकृति पाण्डे र सफलता थापालाई सम्मान गरिएको थियो । उक्त अवसरमा सामुदायिक क्षेत्रतर्फका उपाध्यक्ष सरिता थापाले धन्यबाद, पोखरा लेडी जेसीजका कार्यक्रम संयोजक भावना न्यौपाने स्वागत तथा सचिव रेनु थापाले कार्यक्रमको संचालन गरेकी थिइन । कार्यक्रम पश्चात् आश्रमका ज्येष्ठ नागरिकलाई खाना खुवाइएको थियो ।  यसैबीच डल्फिन बचत तथा ऋण सहकारी संस्था लिमिटेड रानीपौवा पोखरा–११को चौथो स्थापना दिवसको अवसरमा खाध्यान्न तथा फलफूल वितरण गरिएको छ।  पोखरा–१८ बाच्छीबुडुवामा रहेको वात्स्यायन बृद्धाश्रममा आइतबार शेयर सदस्य, सञ्चालक समिति तथा कर्मचारीहरुको उल्लेख्य सहभागितामा १८ हजार ३० रुपैयाँ नगद एवं खाध्यान्न वितरण गरिएको सहकारीको अध्यक्ष खेमबहादुर गुरुङले आश्रमका कार्यालय सचिव पण्डित युवराज वाग्लेलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। सहकारीले समाज सेवामा उत्कृष्ट कार्य गर्र्दै आएको खाद्यान्न वितरण कार्यक्रमम सहभागी सहकारीका प्रवन्धक सन्दीप तिवारीले जानकारी दिए ।

Post a Comment

 
Top