0
बेलायती सेनाका गोर्खा र भूतपूर्व नेपाली गोर्खा भन्ने वित्तिकै विश्वभर पहिलो नाम लिइने बहादुर सेनामा पर्छन्। सोही कारण अफगानिस्तानमा अन्तर्राष्ट्रिय समुदाय रहने स्थानहरुलाई गोर्खाले पहरेदारी गरिदियोस भन्ने अपेक्षा गरिन्छ । एलिजावेथलाई आफ्नो मुलुकको रानी मान्ने क्यानडेलीले पनि नेपाली गोर्खालाई नै रोजे । उनीहरुले पनि नेपाली गोर्खाबाट सुरक्षित महसुस गर्दै आए । तर सोमबार विहानै तिनै गोर्खाली चढेको गाडी उनीहरुलाई सुरक्षा दिन जानेक्रममा आत्मघाती बम आक्रमणमा प¥यो । १४ नेपालीको ज्यान  गयो । ज्यान गुमाउनेहरूमा काठमाडौं का चन्द्रबहादुर रानामगर, हरिबहादुर बडवाल क्षेत्री, विदुरबहादुर सुवेदी क्षेत्री, सुनसरीका अकुल तामाङ, स्याङ्जाका सुपबहादुर गुरुङ, पर्वतका नवीनसिंह क्षेत्री, नुवाकोटका मधुसुदन कोइराला, डम्बरबहादुर तामाङ, लिलबहादुर गुरुङ, लमजुङका अमृतबहादुर थापा, चितवनका कृष्णबहादुर ढुंगाना र बुटवल जितेन्द्रसिंह थापारहेका छन् । यसैगरी बम हमलामा घाइते हुनेहरुमा चितवनका कृष्णकुमार देउजा, गोरखाका मानवहादुर थापा, चितवनका च्याङ्वा ता चेतप्रसाद शेरचन, नुवाकोटका माङ, मोरङका प्रेमबहादुर क्षेत्री, म्याग्दीका कुमारबहादुर गुरुङ र सुर्खेतका अमृत रोकाया क्षेत्री रहेका छन् । तालिवानी आतंककारीहरु गोर्खासँग सकेसम्म अगाडि पर्न चाहँदैनथे । त्यहाँ रहेका एक भूतपूर्व गोर्खाले भने,–‘हामी भएको स्थानमा तालिवानले आक्रमण गरेका थिएनन्। कतिपय स्थानमा उनीहरुले आक्रमण गर्ने भने पनि त्यो स्थानमा गोर्खा सैनिक पुगेपछि तुहिने गरेको थियो ।’ नेपालीहरु यस्तो घटनामा परेलगत्तै परराष्ट्र मन्त्रालयमा अनौपचारिक बैठक बस्दै ‘निसानामा नेपाली किन ?’ भन्दै आन्तरीक छलफल सुरु भएको छ । एक्कासी नेपाली सुरक्षाकर्मी बसेको बसमै आक्रमण हुनुलाई सामान्य रुपमा लिन नहुने बैठकका सहभागीले बताएका छन्। अफगानिस्तानमा १० महिना काम गरेका र हाल नेपाल फर्कन बस्दै आएका गोविन्द कंडेलले भने, –‘अफगानिस्तानमा विष्फोट सामान्य हो, तर नेपालीलाई नै सिधा तार्गेट गरिएको आक्रमण सम्भवतः पहिलो होला ।’ अफगानिस्तानमा उनी जस्ता धेरै नेपाली धेरै पारिश्रमिकको लोभमा परेर सुरक्षा गार्डका रुपमा कार्यरत छन् । उनीहरु सुरक्षित घेरामै रहेर काम गर्दै आए पनि बस्ने र काम गर्ने स्थानमा आउने जाने बाटोमा यस्तो अवस्थामा पर्ने गरेका हुन् । यद्यपि नेपालीहरु बाहिर निस्कदा वा कतै जाँदा आक्रमणमा परेका छैनन । काबुलमै रहेर शान्ति र द्वन्द अध्ययन केन्द्र मार्फत अध्ययन गरिरहेका सुरक्षा विज्ञ हेकमतुल्लाह अज्मीले कान्तिपुरसँग भने, ‘सुरक्षाकर्मी सामान्य गाडीमा आउने जाने गर्नु, सधै एकै रुट प्रयोग गर्नु कमजोरी हुन । नेपालीको काम गर्ने शैलि र बहादुरीको प्रशंसा हुने गरेको छ । यसकारण विदेशीलाई गर्ने आक्रमणमा नेपाली परेको हुनसक्छ ।’ केन्द्रले घटनालाई निहत्थ्यामाथि आक्रमण भन्दै निन्दा गरेको छ । ‘नेपाली सरक्षाकर्मीहरु आतंककारीका लागि चुनौती हुन नै, तर त्यसो भन्दैमा नेपालीलाई नै आक्रमण गरेको भन्न नमिल्ला, विदेशी आक्रमण गर्ने उनीहरुको योजनामा नेपाली परेको हुनसक्छ’,–उनले भने । परराष्ट्र मन्त्रालयले घटनाबारे जानकारी लिन सुरु गरिसकेको छ । मृतकको शव तत्काल नेपाल ल्याउन र घाइतेको उपचारमा कमी हुन नदिन प्रधानमन्त्री केपी ओलीले परराष्ट्रलाई निर्देशन दिएका छन् । उनले सबै कूटनीतिक प्रयास र संयन्त्र प्रयोग गर्न भन्दै निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी ओलीले काबुलमा आतंकबादीको आत्मघाती बम आक्रमणमा परी निर्दोष नेपाली नागरिकले ज्यान गुमाउनु परेको तथा घाइते भएको घटनाले आफू अत्यन्त मर्माहत र दुखित भएको बताएका छन । उनले दुखद घडिमा दिवंगतप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति नेपाल सरकार र आफ्नातर्फबाट समवेदना ब्यक्त गरेका छन । उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।
‘रोजागारी सिलसिलामा अफगानिस्तानमा रहेका निहत्था व्यक्तिमाथि भएको यो घटना अत्यन्त निन्दनीय र जघन्य अपराध हो’ भन्दै प्रधानमन्त्रीले घटनाको घोर भत्सर्ना र निन्दा गरेका छन । ‘घटनाको पछाडि रहेका अपराधिक तत्वलाई शीघ्र न्यायको कठघरामा ल्याइनेछ भन्ने नेपाल सरकारको र मेरो बिश्वास छ । आतंकबादका सबै प्रकार र स्वरुप विरुद्ध लड्ने अन्तर्रा्ष्ट्रिय समुदायको प्रयासमा नेपालको दरिलो प्रतिबद्धता छ,’ प्रधानमन्त्रीले भनेका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री सशांक कोइराला लगायत अन्य दलका नेताहरुले पनि काबुल घटनाले आफूहरुलाई मर्माहत बनाएको र घटनाप्रति गम्भीर ध्यानाकर्षण समेत भएको छुट्टछुट्टै विज्ञप्ति जारी गरेर जनाएका छन । पासविक, क्रुर र बर्वर हत्याका रुपमा लिदै उनले घाइेतको उपचार, तत्काल शव ल्याउने र परिवारलाई उचित क्षतिपूर्तिको ब्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानको काबुल आक्रमणमा नेपाली परेको भन्दै दुःखब्यक्त गरेका छन् । उनले नेपाल र अफगान सरकार तथा मृतकका परिवार प्रति समवेदना ब्यक्त गरेका थिए । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले घटनाबारे संसदमा जानकारी गराएका छन । अफगानिस्तान समेत हेर्ने पाकिस्तानका लागि कार्यबाहक राजदूत रहेका तिर्थ अर्याललाई अफगानिस्तान नै पठाइसकेको र त्यहाँ रहेर उनले शव नेपाल पठाउने काम गर्ने जानकारी दिइएको छ । थापाले उक्त घटनालाई दुखद भन्दै निर्दोश नेपाली माथि भएको यो आक्रमणको निन्दा गरेका छन् । यसैबीच परराष्ट मन्त्री थापाले अफगानी परराष्ट्रमन्त्रीलाई फोन गरी शव छिटो पठाउन, घाइतेको उपचारमा ध्यान दिन र अन्य प्रक्रिया सरल बनाउन आग्रह गरेका छन् । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले गरेको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु र पाँच नेपाली घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।  उनले वक्तव्य प्रकाशन गर्दै रोजगारीका सिलसिलामा काबुल पुगेका निहत्था निर्दोष नेपालीमाथि भएको मानवता विरोधी घटनाकोे भत्र्सना र निन्दा गरेका छन्। उपराष्ट्रपतिले उक्त हमलामा परी ज्यान गुमाउने नेपालीप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए।     उहाँले निहत्था नेपालीलाई निशाना बनाएर हमला गर्ने आततायीलाई कानुनको दायरामा ल्याउन विश्व नै एकजुट हुनुपर्नेतर्फ सबैको ध्यानाकर्षण गराएका थिए । ानिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि नेपाल र अफगान सरकारको ध्यानाकर्षण गराउँदै उहाँले त्यहाँ कार्यरत नेपालीलाई आफ्नो सुरक्षाप्रति सचेत रहन अनुरोध गर्नुभएको छ । उपराष्टूपतिले काबुल हमलामा दिवङ्गत नेपालीको पार्थिव शरीरलाई तुरुन्तै नेपाल ल्याउन र घाइतेको उपचारमा ध्यान दिन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको वक्तव्यमा उल्लेख छ ।


Post a Comment

 
Top