0
गोल्डेन न्यूज संवाददाता
 पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भद्र सहमति देखाउन सत्ता साझेदार नेकपा माओवादी केन्द्रलाई चुनौति दिइरहेका बेला नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको स्वीकार गरेका छन्। प्रेस चौतारीले संगठनको झण्डा सगरमाथामा पु¥याएको भन्दै पत्रकार लाक्पागेलु शेर्पाको सम्मानमा सोमबार काठमाडौमा गरेको कार्यक्रममा एमालेका प्रचार विभाग प्रमुख भट्टराईले माओवादी केन्द्रसँग गरेको वाचाप्रति एमाले प्रतिबद्ध रहेको बताए। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमति जुट्ने अवस्थामा सरकार परिवर्तनका लागि एमाले तयार रहेको बताए। उनले सहमतीय सरकार गठनका लागि प्रयास गर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह समेत गरे। साथै उनले सहमती जुट्ने पक्का नभएको अवस्थामा सरकार परिवर्तन गर्ने गोटी नबन्न पनि दाहालसँग आग्रह गरे। एमालेका प्रचार विभाग प्रमुख भट्टराईले संविधानको कार्यान्वयनका लागि सबैभन्दा ठूलो दल नेपाली काँग्रेससँग सहकार्य आवश्यक रहेको बताए। उनले एमाले र काँग्रेस आपसमा प्रतिस्पर्धी भएपनि निर्वाचनको घोषणा नभएको अवस्थामा दुई दिल मिलेर जानुपर्ने बताए।


Post a Comment

 
Top