0
गोल्डेन न्यूज संवाददाता
मन्टेश्वरी एशोसिएशन कास्कीले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । प्रथम वार्षिकोत्सवको अवसरमा एशोसिएशनले शनिबार पोखराका विभिन्न वडाको समूहलाई डस्बिन र विद्यालयलाई शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले वार्षिकोत्सवको उद्घाटन गर्दै साना बालबालिकाको वौद्धिक, सामाजिक, सिर्जनात्मक र सर्वाङ्गिण विकासमा मन्टेश्वरीहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले अभिभावकहरुले आफना बालबालिकाहरुलाई राम्रो र सभ्य बनाउनका लागि घरबाटै राम्रो व्यवहार गर्नुपर्ने बताउदै बच्चाहरुलाई राम्रो सिप सिकाउन सकेमा उनीहरुको भविष्य उज्वल हुने स्पष्ट पारे । अहिले धेरै मन्टेश्वरी खोलिएको भन्दै उनले वैधानिक ढङ्गलेमात्र मन्टेश्वरी सञ्चालन गर्न आग्रह गरे । कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले देश विकासको आधार भनेको शिक्षा भएकाले मन्टेश्वरीहरुले बालबालिकालाई राम्रो शिक्षा दिनुपर्नेमा जोड दिए । भोलिका असल नागरिक बनाउन गुणस्तरीय शिक्षा आवश्यक रहेको  उनले बताए । पोखरा उपमहानगरपालिका कार्यालयका सामाजिक विभागका बरिष्ठ अधिकृत ओमराज पौडेलले पोखरामा मन्टेश्वरी राम्रोसँग संचालन गर्नुपर्छ भन्ने उद्देश्यले मन्टेश्वरी एशोसिएशन कास्की गठन गरि संगठित भइ लाग्नु राम्रो रहेको बताए। उक्त अवसरमा एशोसिएशनले पोखरालाई सफा राख्ने उद्देश्यले पोखराका ६ वटा वडामा ७ थान डस्बिन वितरण गरेको छ । डस्बिन वितरण गरिएका वडाहरुमा वडा न.ं २, ६, ९, १०, १४ र १७ रहेका छन् । यस्तै सिद्धबराह निमाबि कास्कीकोट–३ लाई शैक्षिक सामाग्री साथै साउन्ड सिटम वितरण गरिएको थियो । कार्यक्रममा मन्टेश्वरी एशोसिएशन कास्कीका परिकल्पनाकार एवं संस्थाका  सदस्यहरु सबित्री थापा, रितु पौड्याल, अप्सरा अधिकारी, रितु देबी सुवेदी, सर्मिला प्रधानाङ्गलाई सम्मान गरिएको थियो । मन्टेश्वरी एशोसिएशन कास्कीका अध्यक्ष अरुणा शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालयमा प्रशासीकय अधिकृत अनिल कुमार शाही, महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण अधिकृत बिन्दु भण्डारी, रेडियो जननीका निर्देशक हसिना बस्नेत, पोखरा कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल तथा मन्टेश्वरी एशोसिएशन कास्कीका सल्लाहकार बिश्व यू.पी घर्ती, प्याब्सन कास्कीका उपाध्यक्ष निर्मला बराल, हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, सिद्ध बराह निमाबि कास्कीकोट–३ का प्रधानाध्यापक धर्म गिरी, मन्टेश्वरी एशोसिएशन कास्कीका कोषाध्यक्ष कूलप्रसाद सुवेदी, एशोसिएशनका सल्लाहकार मिलन केसी, कार्यसमिति सदस्य सावित्री थापा, संस्थाकी सबिता कोइराला लगायतले बोलेका थिए । कार्यक्रममा उपाध्यक्ष भावना अधिकारीले स्वागत र सचिव श्रीप्रसाद बाँस्तोलाले कार्यक्रम संचालन गरेका थिए ।



Post a Comment

 
Top