0
उत्तरी गोलाद्र्धको सबैभन्दा लामो दिन जुन २१ मा मनाइँदै आएको विश्व सङ्गीत दिवस– २०७३ को निम्ति पोखरामा तयारी सुरु भएको छ । अमेरिकी नागरिक जोन कोहल्गीको परिकल्पनालाई साकार रूप दिंदै फ्रेन्च नागरिक सङ्गीतकार तथा नृत्य निर्देशक मोरिसा क्लेरनको अगुवाइमा सन् १९७६ देखि फ्रान्समा मनाउन सुरु गरिएको थियो । विश्व सङ्गीत दिवस कार्यक्रम वि.सं.२०५५ देखि काठमाडौंमा र २०६० देखि कवि तथा संस्कृति कर्मी तीर्थ श्रेष्ठको विशेष पहलमा पोखरामा पनि मनाउन सुरु गरिएको हो। कार्यक्रम पोखरामा क्रियाशिल विभिन्न वाङ्मयिक संस्थाहरूले आयोजना गर्दै आइरहेको छ । यस वर्ष अलीमियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रमको सह–आयोजकहरुमा पोखरेली युवा साहित्य परिवार, सङ्गीत प्रशिक्षण केन्द्र, हिमाली सांस्कृतिक परिवार, झिंगु भाय झिंगु संस्कृति पुच रहेका छन् । यसैगरी सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान, अनुशिलन सङ्गीत पाठशाला, त्रिवेणी सङ्गीतालय, जोजिजु म्यूजिक सेन्टर, भक्ति सङ्गीत प्रतिष्ठान, तराना म्युजिक सेन्टर, पोखरेली साङ्गीतिक कलाकार सङ्घ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की, पोखरा लोक सङ्गीत समूह, पोखरा नाँच घर, झलकमान गन्धर्व सारङ्गी पाठशाला, साङ्गीतिक कलाकार सङ्घ नेपाल कास्की र गुरूकुल सङ्गीत प्रशिक्षण केन्द्र पोखरा पनि कार्यक्रमको सह–आयोजना रहेको बताइएको छ । आगामी असार ७ गते मंगबार विविध सांस्कृतिक कार्यक्रम हुने बताइन्छ । सोही दिन बिहान ७ः३० बजे पोखरा बजार परिक्रमा गर्ने गरी मोटरसाइकल ¥यालीको समेत आयोजना गरिएको छ । कार्यक्रममा अठार वटै संस्थाहरूको प्रस्तुति र अथिथि कलाकारका रूपमा ख्यातिप्राप्त पोखरेली स्रष्टाहरूको समेत प्रस्तृति रहनेछ ।






Post a Comment

 
Top