0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ ब्रोडकाष्टिङ कम्पनीको प्रथम साधारणसभा तथा अधिवेशनले ऋषिराम भण्डारीलाई अध्यक्षमा चयन गरेको छ । भण्डारीको कार्यकाल तीन बर्षको हुनेछ । समितिको सदस्यमा विश्वगोपाल श्रेष्ठ, नवराज सापकोटा, पुरुषोत्तम राज भण्डारी, उत्तम बस्नेत, रोशन अधिकारी, प्रमोद भण्डारी, देवकृष्ण काफ्ले र विष्णुप्रसाद गौतम रहेका छन्। यसैगरी समितिको सल्लाहकारमा बाबुराम गिरी, सुमन भट्टराई, मोतीप्रसाद पौडेल, बलराम ढकाल, भक्तवहादुर के.सी, छत्रधर आत्रेय, भरतकुमार अधिकारी, उमेश आचार्य र रविचन्द्र घिमिरे रहेका छन् । कम्पनीको संचालक समितिले बद्रीनाथ पौडेललाई कम्पनी सचिबमा नियुक्त गरेको छ । लेखनाथलाई कार्यक्षेत्र बनाएर कम्पनीले रेडियो लेकसिटी ९६.२ मेगाहर्ज संचालनमा ल्याएको छ भने निकट भविष्यमा टेलिभिजन, पत्रिका, अनलाइन, इन्टरनेट र केवुल टेलिभिजन समेत संचालन गर्ने तयारी गरेको नवनिर्वाचित अध्यक्ष भण्डारीले जानकारी दिए । लेखनाथको विकास र समृद्धिका लागि रेडियोले सरोकारवालासँग छलफल र अन्तरक्रिया गर्दै जाने जनाएको छ। साथै आवाज विहीनहरुको आवाज बन्नका लागि विभिन्न संचारमाध्यम संचालन गर्ने गरी लेखनाथका ५० जना विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको कम्पनीमा संलग्नता रहेको बताइएको छ । यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै कम्पनीका शेयर सदस्य एवं लेखनाथ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बाबुराम गिरीले आर्थिक समृद्धिका मुद्धा तथा सुशासन कायम गर्न खवरदारी गर्नुपर्नेमा जोड दिएका थिए । कम्पनीको तदर्थ समितिका संयोजक ऋषिराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य एवं लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुमन भट्टराई, सल्लाहकार भक्तवहादुर के.सी, भरतकुमार अधिकारी, कामना विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश आचार्य, शेयर सदस्य चन्द्रकान्त पौडेल, लक्ष्मी प्रसाद भण्डारी, प्रशान्तराज धमला, मोती पौडेल र बलराम ढकाल लगायतले बोलेका थिए ।







Post a Comment

 
Top