0
पुनरावेदन अदालत वार एशोसिएसन पोखराको असार २५ हुने निर्वाचनका लागि डेमोक्रेटिक लर्यस एशोसिएसन (डिएलए) को मात्रै उम्मेदवारी परेको छ । डिएलए अध्यक्ष कृष्ण तिमिल्सिना को नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको छ । पुनरावेदन वार भवनस्थित निर्वाचन समितिमा अध्यक्षसहित अधिबक्ता दयाराम गौतमको नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको हो । यसअघि डिएलएले १३ सदस्यीय उमेदवारी  धोषणा गरेको थियो । उपाध्यक्षमा दिपक बास्तोला, सचिवमा शिवराज वाग्ले र सह–सचिवमा कृष्ण कुमारी गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । यसै गरी कोषाअध्यक्षमा प्रभास पराजुली  रहेका छन् । सदस्यहरुमा  भानु कँडेल, प्रकाश मिश्र, राजेन्द«मान श्रेष्ठ, बिनिता नेपाली, भुवानी प्रसाद बराल, केशवरवण पराजुली, हरिवहादुर भुजेल र विमला कार्कीको नाम दर्ता गरिएको छ । पुनरावेदन वारमा ३८८ साधारण सदस्य रहेकोमा प्रजातन्त्र बादी समुहको वर्चश्व रहेको छ । डिएलएको एकपक्षिय उमेदवारी दर्ता हुनेभएपछि पिएलए र पीपीएलएले मंगलवार नै विज्ञप्ती निकाली पुनरावेदन वारमा आफूहरु सहभागि नहुने जनाएका थिए । उम्मेदवारी दर्ताभएसँगै डिएलएका उम्मेदवारनै निर्विरोध रुपमा निर्वाचित हुने पक्का भएको छ । सो घोषणा असार २५ गते मात्र निर्वाचन समितिले गर्ने छ ।





Post a Comment

 
Top