0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले वर्तमान सरकार तत्काल परिर्वतन  नहुने बताएका छन् । प्रेस चौतारी कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै यो सरकार सधै रहन्छ भन्ने हैन तर तत्काल परिवर्तन नहुने अवस्था छैन्–उनले भने । उनले राष्ट्रिय सहमतिको सरकारको पक्षमा एमाले रहेको र त्यसका लागि पहल भैरहेको जानकारी दिए । ‘सहमतीय सरकार बनाउन पहल भैरहेको छ, सहमति नभएसम्म वर्तमान सरकार रहन्छ ।’ उनले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको बनाउने पक्षमा एमाले रहेको र अरुले नमानेको अवस्थामा खुल्ला रहेको समेत बताए । ‘सकेसम्म ओली नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउने  प्रयास हाम्रोे हुनेछ तर अरुले मान्दैनन भने खुल्ला छांै । जसको नेतृत्वमा सहमति हुन्छ, उसैको नेतृत्वमा बन्छ ।’ उपाध्यक्ष गौतमले सवैले आफनै नेतृत्वमा हुनुपर्छ भन्ने अडान लिनेहो भने सहमति नबन्ने भन्दै सवै पार्टी खुल्ला हुनुपर्ने बताए । ‘मेरै नेतृत्वमा हुनुपर्छ भन्ने हो भने सहमति हुनै सक्दैन, जसको नेतृत्वमा सहमति हुन्छ, त्यसलाई स्वीकार गरेर जार्नुपर्छ’ उनको भनाई थियो । उनले थपे–‘हालकै प्रधानमन्त्री केपि शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु पर्दछ भन्ने हाम्रो विचार हो, यसमा सवै पार्टीले नमाने, हामी खुल्ला छौं, सवैलाई, सुहाउँदो राष्ट्रिय सहमतिमा सरकार बने हामीले ल्याएको बजेट, निति तथ कार्यक्रम लागु हुनु पर्दछ यो हाम्रो शर्त हो ।’ प्रधानमन्त्री को हुने भन्ने विषयमा समेत आफूहरु खुल्ला रहेको उनले बताए । उनले तत्कालिन एमाओवादी अध्यक्ष प्रचण्डसंग भएको भनिएको भद्र सहमति अहिले साइलेन्स रहेको भन्दै त्यसबारे बोल्न आवश्यक नरहेको बताए । उनले नयाँ नेपाल निर्माणको खाका प्रस्तुत गर्ने गरि सरकारले बजेट ल्याएको बताए । उनले नीति, कार्यक्रम र बजेट कार्यान्वयन हुँदैन भन्दै हल्ला चलाइएको भन्दै विगतका सरकारले यस्तो बजेट नल्याएको र भविष्यमा पनि ल्याउन नसक्ने दावी गरे । उनले बजेट कार्यान्वयन गर्ने हामीले हो भन्दै अरुले पनि कार्यान्वयन गर्ने आट गर्न आग्रह गरे । उनले जनताका माग सम्वोधन गर्ने गरि बजेट आएको बताउँदै बजेट कार्यान्वयन हुने जिकिर गरे । ‘एमाले बजेट कार्यान्वयन गरी समृद्ध नेपाल बनाउने अभियानमा छ,’ उनले भने,–‘बजेट, नीति तथा कार्यक्रमका साथ पार्टी गाउँ–गाउँ जाने छ ।’ उनले बजेटले कृषि, पूर्वाधार, जलविद्युत तथा बैकल्पिक उर्जा प्रवद्र्धनमा जोड दिएको धारणा राखे । उपाध्यक्ष गौतमले सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई छोएको दाबी गर्दै अझ यसले तराईको बाटोघाटो, खानेपानी र पूर्वाधार विकासमा ठूलो बजेट विनियोजन भएकाले तराईका जनता यो बजेटबाट धेरै नै खुसी भएका र उनीहरूले न्याय पाएको बताए । कांग्रेस लोकप्रिय बजेटको कारण आतंकित भएको दाबी गर्दै उपाध्यक्ष गौतमले जनताले विरोध नगर्ने भएकोले कसैले बजेट कार्यान्वयन हुनबाट रोक्ने नसक्ने दाबी गरे । उनले पार्टीभित्रको विवाद बारे बोल्दै एमाले एकताबद्ध रहेको भन्दै पार्टीका केही कुरा बाहिर आउनु र बाहिरका कुरा भित्र जानु स्वभाविक भएको बताए । लोकतान्त्रिक पार्टीमा सामान्य विवाद हुनुलाई अस्वभाविक मान्न नहुने बताए  । कार्यक्रम प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको थियो भने स्वागत उपाध्यक्ष रामजी लम्साल र सचिव अर्जुन गिरीले संचालन गरेका थिए ।




Post a Comment

 
Top