0
गोल्डेन न्यूज संवाददाता
केही दिन पहिला पोखरामा ९ दिने भूसमाधि सम्पन्न गरेका सिद्धबाबाको पोखरामा सिद्धमहायोग साधना हुने भएको छ । नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा बैशाख २९ गतेदेखि जेठ २ गतेसम्म हुने सो महायोगमा सबै साधकलाई सहभागिताको लागि आह्वान गरिएको आयोजक सिद्ध महायोग ध्यान साधना केन्द्र पोखराका संयोजक भोला बरालले जानकारी दिए। सिद्धबाबाबाट प्रत्यक्ष रुपमा हुने महायोग साधनाका लागि सिद्धबाबा सोमबार नै पोखरा आइसकेका छन् । योग र साधनाको माध्यम नै समाधिको अन्तिम रुप हो भन्ने मान्यता राख्दै आएका सिद्धबाबाको योगले शरीरमा भएका विकारलाई नास गरी मानव शरीरलाई स्वस्थ र स्पूmर्ति गराउन मद्धत पुग्ने आयोजकको दावी छ । साधनाले दीर्घरोगीहरुलाई समेत रोगबाट मुक्त गर्न सघाउ पुग्ने भएकोले पनि योग र साधना नियमित गर्नुपर्ने बताइएको छ । सिद्धबाबाको योग अन्तर्गत अष्ट महासुदर्शन क्रिया र त्रिभस्तृकाले ५ किलोमिटर हिंडे बराबरको व्यायाम हुने जगतगुरु श्री रामानन्दचार्य सेवापीठका केन्द्रीय उपाध्यक्ष गोविन्दबाबु तिवारीले बताए । बिहान ५ः३० बजेदेखि ७ बजेसम्म हुने सो योग साधनाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । साधकले आफूले प्रयोग गर्ने छुट्टै आसन आफै व्यवस्थापन गर्नुपर्नेछ । रामनमवीको अवसरमा सिद्धबाबा पोखराको रामघाटमा अक्सिजन बिना भू–समाधि बसको थिए ।



Post a Comment

 
Top