0
गोल्डेन न्यूज संवाददाता
भाषा संघ नेपालको प्रथम अधिवेशनले युवराज खनालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष युवराज पौडेल, महासचिव पूर्णचन्द्र न्यौपाने, सचिवमा पूर्णबहादुर थापा, कोषाध्यक्षमा कोपिला भुजेल चयन भएका छन् । यसैगरी सदस्यहरुमा सबी शेरचन, जुनकुमार गुरुङ, मोतीप्रसाद श्रेष्ठ, सुरेन्द्र बराल र प्रकाश अधिकारी रहेका छन् । कार्यकाल दुई वर्षको हुने छ । पोखरामा छरिएर रहेका जापानिज भाषा अध्ययापन तथा परामर्श दिदैं आएको संस्थाको काठमाडौं बाहिर पोखरामा पहिलो छाता संगठन स्थापन गरिएको हो । छाता संगठनमा ४१ संस्था आवद्ध छन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भई प्रथम अधिवेशन सम्पन्न गरिएको हो । संस्थाले विदेशमा रोजगार तथा अध्ययनको लागि जान चाहने युवा पुस्तालाई भाषा प्रशिक्षणसँगै परामर्श दिदैं आएको छ । वर्षेनी पोखराबाट जापान उच्च शिक्षा अध्ययनको लागि १ हजार विद्यार्थी जाने संघका अध्यक्ष खनालले जानकारी दिए । पछिल्लो समय युवापुस्ता विदेश अध्ययन गर्नेको संख्या बढ्दै गएको उनको भनाई थियो ।

Post a Comment

 
Top