0
गोल्डेन न्यूज संवाददाता
अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटीले वि.सं २०७३ सालको भित्ते पात्रो विमोचन तथा विद्यार्थी प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोकाया, नेकपा एमाले जिल्ला निर्वाचन आयोग कमिटी सचिव झपट रानाभाट र अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य सरिता पुरीले संयुक्त रुपमा क्यालेण्डरको विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै रोकायाले तत्कालिन व्रिटिस साम्राज्यवादले विश्वको सबै मुलुकलाई उपनिवेश कायम गरेको अवस्थामा पनि नेपाल स्वतन्त्र राष्ट्र भएको हुँदा अहिले भारतले नेपाललाई उपनिवेश राष्ट्र जस्तो व्यवहार नदेखाउन आग्रह गरे । उनले राष्ट्रियताको सवालमा प्रधानमन्त्री केपि शर्मा ओलीले लिएको अडान सटिक भएको बताए । उनले सम्पूर्ण विद्यार्थीहरुलाई राष्ट्रियताको सवालमा एकजुट हुन समेत आग्रह गरे । कार्यक्रमका झपट रानाभाटले अहिलेको नीति तथा कार्यक्रममा सरकारले जुन प्रमाणपत्र धितो राखेर ऋण दिने निर्णय लागू गरेको छ । त्यसलाई लागू गराउन प्रतिपक्ष काँङ्ग्रेस लगायताका दलहरुले बाधा गरिरहेको औल्याउँदै यसका लागि विद्यार्थीहरुले  एकजुट भएर नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउन दवाब दिनुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य सरिता पुरी, अनेरास्ववियु केन्द्रिय सदस्यहरु आशिर्वाद सुवेदी, भरतमान गुरुङ्, ज्ञानु भुजेल, सुजन तामाङ्ग, अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य क्षितिज पौडेल, अनेरास्ववियु त्रिवि जिल्ला कमिटी अध्यक्ष विवेक देवकोटा, अनेरास्ववियु संगठन विभागका पूर्व सचिव साजन पुरी, अनेरास्ववियु त्रिवि जिल्ला सदस्य तथा जनप्रिय जिल्ला ईन्चार्ज अमृता गौतम, अनेरास्ववियु क्षेत्र नं ३ का संयोजक महेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो । अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष दिपिन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्याम्पस कमिटी सचिव अनिल खड्काले गरेका थिए ।  कार्यक्रममा स्वागत मन्तव्य कमिटी उपाध्यक्ष विनोद भण्डारीले गरेका थिए ।










Post a Comment

 
Top