0
 दुदिलाभाटी–६ कि ३६ वर्षीया मेनुका नेपालीको साल अड्किएपछि उपचारमा समस्या भएको छ । परिवारको सहराराविहीन नेपालीको उपचारमा अर्थ अभाव भएको हो । हटिया स्वास्थ्यचौकीमा शिशु  जन्मेलगत्तै लगातार रक्तस्राव भएपछि थप उपचारका लागि उनलाई अहिले सदरमुकाम ल्याइएको छ । हाल नरेठाँटीमा अर्कैको घरमा मजदुरी गरेर जीविका चलाउँदै आएकी नेपालीलाई छिमेकमा बस्ने महिलाले सदरमुकाम ल्याएका छन् । आधा साल अड्केको र रक्तस्राव पनि नरोकिएपछि थप उपचारका लागि सदरमुकाम ल्याइएको स्थानीयवासी अनिशा कुँवरले बताए । धवलागिरि अञ्चल अस्पतालले जटिल उपचार गर्नुपर्ने भएकाले पोखरा लैजान सुझाव दिए पनि अर्थ अभावका कारण लैजान नसकिएको उहाँले बताउनुभयो । धवलागिरि अञ्चल अस्पतालका चिकित्सक सष्मिता मानन्धरले आधाभन्दा बढी साल भित्रै अड्केकाले शल्यक्रिया गरेर निकाल्नुपर्ने बताए । उनले अञ्चल अस्पतालमा तत्काल उपचार सम्भव नभएपछि पोखरा सिफारिस गर्नुपरेको प्रतिक्रिया दिए । ‘रक्तस्राव त केही नियन्त्रणमा छ, साल पूरै निक्लेको छैन, हामीले कोसिस ग¥याँैं तर सम्भव भएन’ चिकित्सक मानन्धरले भन्नुभयो । दक्ष चिकित्सक, उपकरण र सहयोगी समेत नहुँदा अञ्चल अस्पतालमा नेपालीको उपचार हुन नसकेको हो । बिरामी लिएर आएका छिमेकीले पोखरा लान नसकेपछि नेपालीलाई सदरमुकामस्थित निलगिरि अस्पतालमा लगेर उपचार गराइरहेका छन् । “अञ्चल अस्पतालबाट पोखरा जान भनिएको थियो, तर पोखरा जाने उपाय भएन” अर्की छिमेकी रत्ना भण्डारीले भनिन्–‘अहिले यहीँ रहेको अर्को अस्पताल निलगिरिमा उपचार गराइरहेका छौँं ।’ उनले बिरामीसँग एक रुपैयाँ पनि पैसा नभएको र उपचारमा कठिनाइ उत्पन्न भएको बताइन । भण्डारीको प्रयासमा सदरमुकाममा रहेका केही सङ्घसंस्था र व्यक्तिसँग अनुरोध गरेर रु  पाँच हजार सङ्कलन भएको छ । “बिरामीको परिवार, आफन्त कोही छैनन्, बेसहारा महिलाको जीवन रक्षाको लागि सबैलाई सहयोग गर्न आग्रह गर्दछाँैं” भण्डारीले भनिन् । 
पोखरा लैजानका लागि धवलागिरि अञ्चल अस्पतालले रु चार हजार सहयोग गरे पनि थप उपचारका लागि रकम नभएको उनको भनाइ छ । रासस













Post a Comment

 
Top