0
गोल्डेन न्यूज संवाददाता
रेडियो जननीको आयोजना र सत्य सेवा आमा समूह, नागेश्वर भजन समूह तथा वडा महिला समन्वय समिति पोखरा–१३ को सहकार्यमा उद्यमशीलताका लागि उत्प्रेरणामूलक तालिम शुक्रबार  सम्पन्न भएको छ ।
पोखरा उपमहानगरपालिका वडा नं १३ मा आयोजित तालिमको उद्घाटन गर्दै प्राध्यापक डा. तारा बरालले महिलाहरु चुल्लो चौकोमा मात्र सीमित नभइ सीप सिकेर उद्यमशीलतामा लाग्नुपर्नेमा जोड दिइन। उनले यस्ता तालिमले महिलाहरुलाई आर्थिक आयआर्जनको बाटोमा लाग्न प्रेरणा मिल्ने भएकाले तालिम निकै प्रभावकारी रहेको बताए । कार्यक्रममा पद्यमावती हस्तकला उद्योगका संचालक एवं पोखरा उद्योग वाणिज्य संघका सदस्य हिरा भट्टराईले देश विकासका लागि उद्यमशीलताको विकास हुनुपर्ने बताइन । उनले  उद्यमशिलताको विकासमा तालिमले महत्वपूर्ण सहयोग पु¥याउने भन्दै फुर्सदको समयको सदुपयोग गरी आर्य–आर्जनमा लाग्न आग्रह गरिन् । उनले उद्यमशिलता को विषयमा सहजीकरण गर्दै प्रयोगात्मक रुपमा मकैको खोस्टा, दूधको प्लास्टिक, जलकुम्भी झार, फेब्रीकबाट बनेका सामाग्रीहरुको प्रदर्शन गरी उक्त सामान बनाउने तरिका पनि सहभागीहरुलाई सिकाएकी थिइन । रेडियोकी निर्देशक हसिना बस्नेतले महिलाहरुले सीप सिकेर आत्मनिर्भर बन्दै आयआर्जन तर्फ लाग्नु पर्नेमा जोड दिइन । रेडियोकी स्टेशन म्यानेजर विमला भण्डारीले टोल–टोलमा हस्तकलाका सामाग्री बारे जानकारी, बनाउने सीप सिकाउन र उपयोगिता बढाउनका लागि रेडियोले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिइन । भण्डारीले आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन र सञ्चालन गरिरहेको व्यवसायलाई संचारमाध्यमबाट उजागर गर्नका लागि चाहिने आधारहरुका बारेमा सहजीकरण गरेकी थिइन । सत्य सेवा आमा समूहका अध्यक्ष शान्तिदेबी सिग्देलले उद्यमशिलताका लागि उत्प्रेरणा मूलक तालिम निकै प्रभावकारी भएको भन्दै महिलाहरुका लागि यस्ता तालिम ठाँउ–ठाउँमा गर्नुपर्ने बताइन । नागेश्वर भजन समूहका अध्यक्ष बाबुराम सापकोटाले आफना लागि आफैले सिप सिकेर आत्मनिभर बन्नुपर्ने बताए । वडा महिला समन्वय समिति पोखरा–१३ की अध्यक्ष टिका कुमारी भण्डारीले तालिम तालिममा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने बताइन । कार्यक्रम संयोजक नरमाया रसाइलीले जीवन जीउने कलाको बारेमा प्रशिक्षण दिएकी थिइन । रेडियो जननीकी अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको तालिममा वडा नं १३ का ६० जना महिलाहरुको सहभागीता रहेको थियो ।






Post a Comment

 
Top