0
गोल्डेन न्यूज संवाददाता
नयाँँ शक्तिको युवा संगठन ‘राष्ट्रिय युवा अभियान’ कास्कीको आयोजनामा संचालन भृंईरहेको क्लिन पोखरा ग्रिन पोखराको श्रृँखला तेस्रो श्रृङ्खला बेगनास तालमा सम्पन्न भएको छ । नयाँ शक्तिको युवा संगठन लेखनाथले आयोजना गरेको तेस्रो श्रृँखलाको बेगनास तालको बसपार्कबाट सुरु भएर बेगनास तालमा पुगेर सम्पन्न भएको थियो । राष्ट्रिय युवा अभियान’ लेखनाथका नगर संयोजक शेरमान तमुको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य, जिल्ला परिषद सदस्य र युवाहरुको उलेख्य उपस्थिति रहेको थियो । सरसफाई कार्यक्रममा नयाँ शक्ति लेखेको टोपी लगाएर बसपार्क बढारी रहेका नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य जित बहादुर तमु ‘मामा’ले भने हामी अहिले सहर बजारको फोहोर सफा गर्ने अभियानमा छौँ । बजारमा भन्दा पनि धेरै फोेहोर त हाम्रो देशको राजनीतिमा छ । नयाँ शक्तिले फोहोरी राजनीति गर्दैन । बरु राजनीति भित्र रहेको फोहोर पनि सफा गर्छ ।’ एउटा हातले नयाँ शक्तिको झण्डा र अर्को हातले सडक सफा गरिरहेका नयाँ शक्तिाका अर्का केन्द्रिय परिषद सदस्य नारायण हरि तिवारीलाई प्रचारको लागि रोड बढार्दै हिड्नु भाको छ रे नि भन्ने प्रश्नमा उनले भने–‘अहिले हामी सबैखाले प्रतिक्रिया ग्रहण गरिरहेका छौँ । त्यहि प्रतिक्रियाले नै हामीलाई राम्रो बनाउन भुमिका खेल्छ । चर्चाकै लागि हो भने त अरु काम नि गर्न सकिन्थ्यो होला नि किन फोहर उठाएर हिंड्न पथ्र्यो र?’ कार्यक्रममा नयाँ शक्तिका पार्टीका र युवाका नेतृत्वहरु नन्द बहादुर तम, भानुभक्त अधिकारी, झलकराम अधिकारी, रोशन देबकोटा लगाएतको उपस्थिति रहेको थियो । नयाँ शक्तिको युवाले गरेको कार्यक्रममा बिगत तीन हप्तादेखि सहभागी युवाका केन्द्रिय सदस्य भरत गुरुङ्गले युवाहरुलाई गलत राजनीतिका लागि प्रयोग गर्नुभन्दा समाजसेवामा लगाउने उदेश्यका साथ अभियान चलाएको बताए । सरसफाईमा सहभागी भएका युवाका केन्द्रिय सम्मेलन आयोजक समीतिका केन्द्रिय सचिवालय सदस्य तथा प्रशिक्षण बिभाग प्रमुख सौगात पोखरेलले भने–‘हामीले युवालाई चन्दा असुली गर्ने, मारपिटमा संलग्न हुने वा प्रयोग नै भैरहने राजनीतिक संस्कारबाट बाहिर निकाल्न युवालाई उत्पादन र समाजसेवामा लगाउन प्रयत्न गरेका हौँ । यो अभियानले युवाहरुलाई समाजप्रति उत्तरदायी बनाएको छ ।
सरसफाईको अन्त्यमा अभियानका संयोजक देब क्षेत्रीले अर्को श्रंखला पोखराको सिदार्थचोकबाट महेन्द्रपुलसम्म चल्ने बताएका थिए । उनका अनुसार अर्को हप्ताको श्रृंखलासँगै अभियानले एक महिना पुरा गर्ने भएकाले अर्को हप्ताको श्रृंखला अन्तिम श्रृखला हुने जानकारी दिएका थिए ।

Post a Comment

 
Top