0
पोखरा ३ जेठ ।
स्व.हिराबहादुर घिमिरे
धादिङ–पोखरा सम्पर्क समितिका निवर्तमान सह–कोषाध्यक्ष रामकुमार घिमिरे, आजीवन सदस्य रामजी घिमिरे र साधारण सदस्य रुद्रबहादुर घिमिरेलाई पितृशोक परेको छ । उनका पिता
हिराबहादुर घिमिरेको आइतबार राति ९३ वर्षको उमेरमा निधन भएको छ ।  केही समयदेखि ब्लड प्रेसर र थाइराइड पीडित घिमिरेको पोखराको नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । धादिङ मुरलीभञ्ज्याङ वडा नं. ६ निवासी घिमिरे गतवर्षको महाभूकम्प पश्चात् पोखरामा बस्दै आएका थिए । उनको सोमबार पोखराको रामघाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार कार्यमा धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष झम्क सारु मगर, निवर्तमान अध्यक्ष बलराम खतिवडा, वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, उपाध्यक्ष लुमणी प्रसाद अगस्थी, सचिव सुदर्शन बसौला, सह–सचिव सम्भु अधिकारी, कोषाध्यक्ष लालप्रसाद पाठक, सह–कोषाध्यक्ष समिर अर्यालका साथै सल्लाहकार परिषद् संयोजक रुद्रप्रसाद खनाल, धादिङ पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारी लगायगायत समितिका पदाधिकारी, सदस्य, सल्लाहकारहरु र स्थानीय, ट्याक्सी व्यवसायी लगायत ठूलो संख्यामा उपस्थिति थियो ।
उनका १ श्रीमती पवित्रादेवी घिमिरे ४ छोरा जेठा गुनबहादुर, माइला रुद्रबहादुर, साइँला रामजी र कान्छा रामकुमार घिमिरे मध्ये जेठा छोरा गुनबहादुरको यसअघि नै निधन भइसकेको छ । यस्तै उनका ३ छोरीहरु मैया धमला, सीता अधिकारी, उमादेवी दुवाडी रहेका छन् । 
घिमिरेका माइला छोरा रुद्रबहादुर र साइँला छोरा रामजी ट्याक्सी व्यवसायी हुन् भने कान्छा छोरा रामकुमार इट्टा एवं हार्डवेयर व्यवसायी हुन् । रुद्रबहादुर ट्याक्सी व्यवसायी समिति एयरपोर्ट इकाइको सचिव, रामजी ट्याक्सी व्यवसायी समिति पोखराको कोषाध्यक्ष समेत हुन् । यसैगरी रामकुमार घिमिरे कालिका मन्दिर संरक्षण समिति रामघाटको उपाध्यक्ष, रक्षामार्ग टोल विकास संस्थाका कोषाध्यक्ष समेत हुन् । 
यसैबीच धादिङ–पोखरा सम्पर्क समितिले एक शोक विज्ञप्ति जारी गरि समितिका निवर्तमान सह–कोषाध्यक्ष रामकुमार घिमिरेका साथै आजीवन सदस्य रामजी घिमिरे र साधारण सदस्य रुद्रबहादुर घिमिरेका पिता हिराबहादुर घिमिरेको दुःखद् निधन भएकोमा दुःख प्रकट गरेको छ । 
समितिका अध्यक्ष झम्क सारु मगर र सचिव सुदर्शन बसौलाले सोमबार जारी गरेको विज्ञप्तिमा स्व. हिराबहादुरको आत्माको चीरशान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको उल्लेख छ । 

Post a Comment

 
Top