0
 जिल्ला शिक्षा कार्यालय कास्कीले विद्यालय वरिपरी क्षेत्रमा सुर्तिजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरेको छ । विद्यालय परिसरमा सुर्तिजन्य पदार्थका विक्री वितरणले लागू औषधको जोखिममा विद्यालय बालबालिका पर्ने भन्दै जिल्ला शिक्षा कार्यालय कास्कीले विक्री वितरणमा रोक लगाउन परिपत्र गरेको हो । ‘बालबालिका जन्म दिने बावुआमा र राज्यका मात्रै होईनन् । सामुदायका पनि हुन्’ जिल्ला शिक्षा कार्यालय कास्कीका जिशिअ रमाकान्त शर्माले भने—‘त्यसैले बालबालिकालाई जोखिमबाट बचाउन सुर्तिजन्य पदार्थको विक्री वितरण विद्यालय वरिपरी हुनुहुँदैन् ।’ जिशिअ शर्माले बालबालिकालाई जोखिमबाट बचाउने, स्वाथ्यको संरक्षण गर्ने, उपयुक्त विकास गराउने दायित्व समुदायको भएको उल्लेख गरे । सुर्तिजन्य पदार्थबाट बालबालिकालाई टाढै राख्नु आमावुवाको र राज्यको मात्रै दायित्व होईन्’ उनले भने–‘सामुदाय पनि सचेत बन्न सके बालबालिका कुलत सँस्कारको जोखिमबाट मुक्त हुने छन्।’ जिल्ला शिक्षा कार्यालयका अनुसार कास्कीका केही विद्यालय हाता नजिकै गेटमा तथा विद्यार्थीको पहँुच हुने स्थानमा सुर्तिजन्य पदार्थको बेचविखन भईरहेकोप्रति आपक्ति जनाउँदै आएको छ । विद्यार्थीलाई सुर्तिन्जय पदार्थहरु विक्री वितरण गरिएको गुनासो आएको छ । त्यसलाई रोक्नुपर्ने दायित्व विद्यालयसँगै समाजको पनि दायित्व हो ।’ उनले भने–‘त्यसैले विद्यालय वरिपरी सुर्तिजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन जिल्ला प्रशासन कार्यलय कास्कीलाई परिपत्र गरेका हौं ।’ विद्यालय पोशाक लगाएका विद्यार्थीलाई समेत सुर्तिजन्य पदार्थ विक्री वितरण हुदैं गएको घटनाले पनि जिल्ला शिक्षा कार्यालयले बाध्य भएर परिपत्र गर्नुपर्ने अवस्था सृजना भएको हो । विद्यालय हाता नजिक विद्यालय गेट नजिक, केवल, सटर पसलहरुमा र विद्यालय उमेरका तथा विद्यालय पोशाकका विद्यार्थीलाई जुनसुकै स्थानमा स्वास्थ्यमा हानी पु¥याउने लागु पदार्थ मध्यपान, धुम्रपान, विडी सुर्ती, खैनी, चुरोट लगायनका सामाग्री विक्री वितरण गर्नु कानूनी रुपमा अपराध र सामाजिक रुपमा समाज विरोधी कार्य भएको जनाउँदै जिल्ला शिक्षा कार्यालय कास्कीले त्यस्ता कार्य नगर्न सरोकारवाला निकायलाई अनुरोधसहित विक्री वितरणमा रोक लगाउन पत्रचार गरेको जनाएको छ । स्वयं यस विषयमा विद्यालय व्यवस्थापन समितिले पनि ध्यान दिनुपर्ने खाँचो जिल्ला शिक्षा कार्यालय कास्कीले औंल्याएको छ । सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ सुर्तिजन्य पदार्थी नियन्त्रण र नियमन गर्ने नियमावली २०६८ले सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ बेच विखन गर्ने कार्यलाई निषेध गरेको छ । कतिपय विद्यालयले भाडामा लगाएको कम्पाउण्डसँग जोडिएको पसलहरुमा समेत सुर्तिजन्य पदार्थको विक्री वितरणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको ठम्याई जिल्ला शिक्षा कार्यालय कास्कीले गरेको छ । जिल्ला शिक्षा कार्यालय कास्कीका जिशिअ शर्माले विद्यालय हाता र कम्पाउण्डमा त्यस्ता सुर्तिजन्य पदार्थ विक्री वितरण गरेको पाइएमा त्यस्ता विद्यालयलाई कारवाही समेत गरिने स्पष्ट पारेका छन् । एजेन्सी





Post a Comment

 
Top