0
गोल्डेन न्यूज संवाददाता
उमा मावि दाङसिङ–२ मोहोरियाको भवन पुनर्निर्माणका लागि सहयोग संकलन जारी छ । भवन जिर्णो भएकाले नयाँ भवन बनाउन लागिएको सहयोग संकलन अभियान सञ्चालन गरिएको विद्यालयका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । भवनको वैशाख १० गते शिलान्यास गरिएको थियो । पहिलो चरणमा पाँच कोठे भवन बनाउन लागिएको गुरुङले जानकारी दिए । ९१ लाख रुपैयाँ लागत अनुमान गरिएको भवन बनाउनका लागि हालसम्म १० रुपैयाँ संकलन भइसकेको गुरुङले बताए । ‘थप रकम पनि संकलन गर्दैछौं,’ उनले भने । मोहोरिया–१ स्थायी घर भइ हाल पोखराको मालेपाटनमा बस्दै आएका जुमप्रसाद गुरुङले भवन बनाउन १ लाख रुपैयाँ सहयोग गरेका छन् । जुमप्रसादकी छोरी सिमलचौर बस्ने मैया गुरुङबाट १० हजार रुपैयाँ, मोहरिया–२ घर भइ पोखरा १८ भेडीफारम बस्ने किसम गुरुङबाट ५० हजार रुपैयाँ, मोहोरिया–१ घर हाल मालेपाटन बस्ने जसबहादुर गुरुङबाट ३० हजार १ सय ५ रुपैयाँ र उनकी छोरी सुस्मा गुरुङबाट २० हजार १ सय ५ रुपैयाँ सहयोग संकलन भएको अध्यक्ष गुरुङले जानकारी दिए । त्यसैगरी, सोही गाउँमा स्थायी घर भइ हाल लामाचौर पोखरा बस्ने राममाया गुरुङबाट ४० हजार रुपैयाँ, पोखरा–१६ अमरदीपका कुलप्रसाद गुरुङले २१ हजार ५ रुपैयाँ, रामघाट पोखराका वीरबहादुर गुरुङले १५ हजार रुपैयाँ, लामाचौरका रक्ष गुरुङले १० हजार रुपैयाँ, सुक लक्ष्मी गुरुङले १२ हजार रुपैयाँ, चन्द्र गुरुङले १० हजार रुपैयाँ भवन बनाउनका लागि सहयोग गरेका छन् । त्यसैगरी अध्यक्ष मनोज गुरुङका दाजु राज बहादुर गुरुङबाट १ लाख १ हजार रुपैयाँ, मिम प्रसाद गुरुङबाट १ लाख १ हजार ५ सय रुपैयाँ, प्रश्न घमालबाट १ लाख ५० हजार रुपैयाँ सहयोग भइसकेको छ ।

Post a Comment

 
Top