0
गत बैशाखको महाभूकम्पले धादिङ्ग, नलाङ–६, बुङचुङस्थित नागेश्वरी प्राविको भवन भत्काइदियो । शनिबारको दिन भएकाले भौतिक क्षति भएपनि मानवीय क्षति भने हुन पाएन । आँफू पढ्ने÷पढाउने गरेको विद्यालय भत्किएको अवस्थामा देख्दा विद्यार्थी तथा शिक्षकहरुमा ठूलो चोट पुग्ने गयो । त्यस्तो अवस्थामा रहेको विद्यालयमा फेरी पढाई होला वा नहोला भन्ने चिन्तामा थिए उनीहरु । तर वर्षदिन पनि नबित्दै विद्यालयको स्वरुप फेरियो । भत्किएको विद्यालको पुनःनिर्माण भयो । र फेरी विद्यार्थीहरु आफ्नैं विद्यालयमा आए पढ्न । भूकम्पले दिएको आँसुमा खुशी मिसियो । पोखराको लेकसाइडमा रहेको बिजीबि क्याफेले उक्त विद्यालय भवनको पुनःनिर्माण गरेको हो । भत्किएको गाह्रो उठाउने, ट्रष्ट लगाउने र जस्ताले छाउने कार्य सम्पन्न भएपछि भत्किएको विद्यालयको रुपै फेरिएको हो । पुर्ननिर्माण कार्यमा झण्डै साढे ४ लाख खर्च लागेको बुधबार विद्यालय प्राङ्गणमा सहयोगीहरुको स्वागतार्थ आयोजित कार्यक्रममा क्याफे सञ्चालक योगेश भट्टराईले जानकारी दिए । सो अवसरमा क्याफे सञ्चालकहरु सुनिल भट्टराई, सरोज भट्टराई, वसन्त महत लगायतलाई विद्यालयले सम्मानपत्र प्रदान गर्दैै धन्यबाद ज्ञापन ग¥यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्ध घलेले बिजीबि क्याफेले सहयोग नगरेको भए विद्यालयको यो दिन फिर्न गाह्रो अवस्था रहने औल्याए । त्यस्तै, विद्यालयका प्राचार्य सीताराम न्यौपानेले भूकम्पपछि झण्डै चार महिना खुल्ला आकाशमुनि पुगेका विद्यार्थी शिक्षकहरुलाई पुनःछानामुनि ल्याउन सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे । साथै उनले कार्य व्यस्थताका कारण कार्यक्रममा अनुपस्थित बिजीबि क्याफेका अर्का सञ्चालक ज्याक तामाङ्गप्रति पनि आभार व्यक्त गरे । सोहि समारोहमा क्याफेले विद्यालयलाई झण्डै ५० हजार बराबरको शैक्षिक तथा खेलकुद सामग्री सहयोग प्रदान गरे । सामाग्री हस्तान्तरण गर्दै क्याफेका निर्देशक योगेश भट्टराईले व्यवसायिक सामाजिक उत्तरदायित्व सम्झिएर विद्यालय पुनःर्निर्माण कार्य गरेको जनाए । यसकार्यमा कुनैपनि विदेशी संघ–संस्थाबाट अर्थ संकलन नगरि यो नितान्त निजि क्षेत्रको कार्य भएको भट्टराईले उल्लेख गरे । सो कार्यमा संयोजनकारी भूमिका निर्वाह गरेका हेल्पिङ्ग ह्याण्ड्सका दिनेशकुमार थापालाई पनि उनले धन्यवाद दिए ।



















Post a Comment

 
Top