0
गोल्डेन न्यूज संवाददाता
नगरस्तरीय बाल संरक्षण समिति अन्तर्गत रहेका १३ जना असहाय तथा अनाथ बालबालिका लाई शनिबार निःशुल्क औषधि वितरण तथा स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल औषधि व्यवसायी संघ गण्डकी अञ्चल शाखाको आयोजनामा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष यमनाथ पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत मेडिकल अफिसर डा. ढाकाकुमार श्रेष्ठले बालबालिकाको स्वास्थ्य परीक्षण गरेका थिए । 
कार्यक्रममा स्वास्थ्यकर्मीहरु रामबहादुर केसी, लक्ष्मीप्रसाद पराजुली, कृष्णप्रसाद पाण्डे लगायतले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगरस्तरीय बाल संरक्षण समितिका अध्यक्ष रुद्रबहादुर थापाले असहाय र अनाथ बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरी सहयोग गरेकामा औषधी व्यवसायी संघलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्न उनले अनुरोध गरेका छन् । कार्यक्रमको सञ्चालक संघमा महासचिव रामबहादुर केसीले गरेका थिए । उक्त अवसरमा बोल्दै अध्यक्ष पौडेलले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा अनाथ तथा असहाय बालबालिका लाई निरन्तर रुपमा स्वास्थ्य परीक्षण गरिंदै आएको र कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
















Post a Comment

 
Top