0
गोल्डेन न्यूज संवाददाता
पोखरा रंगशालाको हाता भित्र ह्याण्डबल खेल मैदान निर्माण गरिने भएको छ । रंगशालाको वृहत गुरु योजना अन्तर्गत छुटट्याइएको स्थानमा उक्त मैदान निर्माण हुने भएको हो । करिब १ सय ५ मिटर लम्वाई र ३८ मिटर चैडाई रहेको हयाण्डवल खेल मैदान निर्माणका लागि पहल थालिने नेपाल हयाण्डवल संघका अध्यक्ष तेज गुरुङ्गले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले ह्याण्डबल खेल मैदानको निरीक्षण गर्दै आगामी १३औं सागमा ह्याण्डबल खेल पोखरामा आयोजना गर्न पहल थालिने बताए । उनले सो का लागि पूर्वाधार निर्माण अन्तर्गत ५० लाख रुपैयाँ मैदान निर्माणका लागि वजेट छुट्याइने र सो अन्तर्गत नयाँ आर्थिक वर्ष सुरु हुने लगत्तै १० लाख प्रदान गरिने जानकारी समेत गराएका छन् । 
उनले भने–‘हामी १३ औं सागमा पोखरामा सात वटा खेल आयोजना गर्ने तयारीमा छांैं जसमा ह्याडबल खेल समेत रहनेछ ।’ उनले निर्माण प्रक्रियाका लागि जिल्ला खेलकुद विकास समितिसंग सम्झौता प्रक्रिया सुरु गर्न निर्देशन समेत दिए । रंगाशालामा निर्माण हुने सो ह्याण्डबल खेल मैदान विभिन्न चरणमा गरि निर्माण प्रक्रिया सुरु गरिने र १३आंै सागसम्म सम्पन्न गरिनेछ । उक्त खेल मैदान १३आंै सागका लागि प्रशिक्षण केन्द्रका रुपमा विकास गरिने छ । निर्माण प्रक्रियाका लागि ह्याण्डबल संघ आवद्ध भूतपूर्व खेलाडीहरु, स्वदेशी तथा विदेशी सेना बाट अवकाश प्राप्तहरु, स्थानीय लगायतको सहयोग रहने अध्यक्ष गुरुङ्गले बताए । उक्त अवसरमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, संघका केन्द्रिय सचिव केशव पाठक, जिल्ला ह्याण्डवलका अध्यक्ष शेर बहादुर गुरुङ्ग, सचिव चित्र थापा, विद्यालय ह्याण्डवल संघका सचिव खिम गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top