0
गोल्डेन न्यूज संवाददाता
पोखराको न्यूरोड, गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि 
(युआरएल) ले नेपालमै पहिलो पटक थाइराइडको विशेष प्रकारको रक्त परीक्षण एन्टी टिएसएचआर सुरु गरेको छ। परीक्षणको वरिष्ठ चिकित्सक डा.बुद्धिबहादुर थापाले सोमबार एक समारोहबीच शुभारम्भ गरे। थाइराइड जटिल खालको समस्या भएको जानकारी दिँदै उनले भने–‘ग्रेभ डिजिज भएमा परीक्षणका लागि विदेश पठाउँदा पोखराका डाक्टर नजान्ने रहेछन् भन्ने पर्ने र रिपोर्ट आउन समय लाग्ने हुँदा उपचारमा असहज परिस्थिति थियो।’ पोखरामा अत्याधुनिक प्रकारका रक्त परीक्षण सुरु हुनु स्वास्थ्य क्षेत्रका लागि सुखद् पक्ष रहेको चर्चा गर्दै उनले जटिल प्रकारका थाइराइडका रोगी र गर्भवती महिला र शिशु यो परीक्षणबाट लाभान्वित हुने जानकारी दिए। यो परीक्षणका लागि हालसम्म भारतलगायतका ल्याबमा पठाइने गरेको र १५ हजार रुपैयाँ बढी शुल्क लाग्नेमा युआरएलले यो सेवा ६ हजार रुपैयाँमा नै उपलब्ध गराउने प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए। अहिलेसम्म टी थ्री, टी फो र र टीएसएचको मात्रा पत्ता लगाइ थाइराइडको उपचार गर्ने गरिएको छ। टी थ्री, टी फो र टीएसएचको मात्रा तलमाथि हुँदा शरीरका अंगमा हुने प्रतिक्रिया सम्बन्धी थाइराइडलाई ग्रेभ्स डिजिज भनिन्छ। शरीरका अंगभित्रै हुने प्रतिक्रियाको मात्रा पत्ता लगाइ यो परीक्षणले उपचारमा सहयोग गर्छ। यस्तै, अधिकांश गर्भवती महिलामा देखिने थाइराइड बच्चामा सर्ने÷नसर्ने पनि यो परीक्षणबाट पत्ता लाग्ने प्रवन्ध निर्देशक पन्तले गेल्डेन न्यूज दैनिकलाई जानकारी दिए। उनले भने–‘गर्भावस्थाको छदेखि नौ महिनाभित्र यस्तो परीक्षण गरी उचित उपचार गरे बच्चामा यस प्रकारको थाइराइड हुने जोखिम रोक्न सकिन्छ।’ युआरएलका अध्यक्ष चेतबहादुर गुरुङले पोखरामै अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउन भविष्यमा पनि नयाँ–नयाँ रक्त परीक्षण थप्दै जाने प्रतिबद्धता जनाए। करिब साढे दुई वर्षअघि सञ्चालनमा आएको युआरएलले फोक्सोमा क्यान्सर हुनसक्ने सम्भावनासम्बन्धी रक्त परीक्षण साइप्रा द्दज्ञ।ज्ञ , हृदयघात हुनसक्ने सम्भावना सम्बन्धी रक्त परीक्षण एन्टी प्रो–बिएनपी पनि नेपालमै पहिलो पटक सुरु गरेको थियो।















Post a Comment

 
Top