0
भाष्कर मेमोरियल स्कुल फूलबारीमा विभिन्न क्लबहरु पुनःगठन गरिएको छ । जुनियर रेडक्रस सर्कलको अध्यक्षमा सुलभ बास्तोला चयन भएका छन् । सर्वलको उपाध्यक्षमा दीक्षा बास्तोला, सचिवमा रनचा बाँस्तोला, कोषाध्यक्षमा श्रुती अधिकारी चयन भएका छन् । सर्कलको सदस्यहरुमा पुष्पा बास्तोला, किरण आचार्य, समीप सङ्र्गौला, दिपेश बराल, अर्विन पौडेल, प्रशंसा बास्तोला, प्रकृति बास्तोला, तिलक कि.क.र गरिमा गौतम रहेको शिक्षक विनोद थापाले जानकारी दिएका छन् ।
यसैबीच छुनुमुनु बाल क्लब  भाष्कर शाखाको अध्यक्षमा विद्यार्थी सन्देश कोइराला चयन भएका छन् । बाल क्लबको उपाध्यक्षमा सिजन पौडेल, सचिवमा दीक्षा बाँस्तोला, कोषाध्यक्षमा ऐश्वर्या कुँवर, सदस्यहरुमा रिया सुनार, अरिवन्द पौडेल, श्रुती अधिकारी, लक्ष्मी लामिछाने, गरिमा गौतम, निदेश सुवेदी, सुलभ बाँस्तोला, सचिना पोखरेल र अर्पणा बाँस्तोला चयन भएको शिक्षक संयोजक अनिषा बरालले जानकारी दिइन् । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत हस्तलेखन तथा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण तथा सम्मान गरिएको विद्यालयले जनाएको छ । विद्यालायका संस्थापक प्राचार्य विश्वराज बाँस्तोलाले विद्यार्थी भित्र लुकेर बसेको प्रतिभालाई उजागर गर्न विभिन्न प्रतियोगिता आवस्यक रहेको बताए । 
पुरस्कार वितरण समारोहमा संस्थापक माधवी बास्तोला, सह–प्राचार्य गोविन्द गजमेर, प्रशासक जीतबहादुर थापाले पुरस्कार वितरण गरेका थिए । विद्यालयले शैक्षिक विकासका लागि शिक्षण अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरिएको जनाएको छ । मनोवैज्ञानिक डाक्टर शुशिल कँडेलले सहजीकरण गरेको सो तालिममा विद्यालयको विकास विद्यार्थीको प्रतिभा र क्षमतामा निहीत हुने उल्लेख गरिएको थियो । भाष्कर स्कुलले विभिन्न समयमा तालिम, गोष्ठी तथा शैक्षिक कार्यक्रमहरु सञ्चालन हुँदै आइरहेको विद्यालयले जनाएको छ ।






Post a Comment

 
Top