0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला अदालतमा आर्थिक वर्ष २०७२÷०७३ को चैत्र मसान्तसम्म २ हजार ९७ नयाँ मुद्दा दर्ता भएका छन्। अदालतले बुधबार पोखरामा सञ्चारकर्मीसँग अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरी यो जानकारी दिएको हो । अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १ हजार ४ मुद्दा गरी चैत्र मशान्तसम्म कुल ३ हजार १ सय ८६ मुद्दा रहेकोमा १ हजार ७ सय १२ थान मुद्दा फैसला भएको अदालतले जनाएको छ । चैत्र मशान्तसम्म फैसला हुन बाँकी मुद्दा १ हजार ३ सय ८९ रहेको छ । यसमध्ये १६ थान दुई वर्ष नाघेको मुद्दा हुन्् । अदालतले चैत्र मशान्तसम्म १ हजार ३ सय ६१ थान मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा लक्ष्य भन्दा ३ सय ५० थान मुद्दा बढी फैसला भएको छ । मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा दर्ता हुने गरेको र फैसला पनि सम्बन्ध बिच्छेदकै मुद्दा बढि भएको अदालतको तथ्याङ्कले देखाएको छ । चैत्र मसान्तसम्म सम्बन्ध विच्छेदका ५ सय ३६ थान लगत रहेकोमा ४ सय १५ थान फैसला भई बाँकी १ सय २१ रहेको छ । यसैगरी नाता कायम मुद्दाको लगत १ सय ७९ रहेकोमा १ सय ७२ थान फैसला भई ७ थान फैसला  हुन बाँकी  देखिन्छ । यो अवधिमा माना चामलका ८७ नाथ मुद्दाको लगत रहेकोमा ३१ थान फछर्याैट भई ५६ थान फछर्याैट हुन बाँकी छ । यसैगरी ३४ थान सवारी ज्यान मुद्दाको लगत रहेकोमा ३४ नाथ फछर्याैट भई ३ थान फछर्याैट हुन बाँकी देखिन्छ । जुवा सम्बन्धी १४ थान मुद्दा दर्ता भएकोमा १४ थान मुद्दा किनारा लागेका छन् । बहुविवाह सम्बन्धी १८ थान मुद्दा दर्ता भई ३ थान मुद्दा फछर्याैट हुन बाँकी छ । साधारण चोरी सम्बन्धी २३ थान मुद्दाको लगत रहेकोमा १८ थान फछर्याैट भई ५ थान बाँकी रहेको छ । गाली बेइज्जति सम्बन्धी २६ थान मुद्दा दर्ता भएकोमा १० थान फछर्याैट भई १६ थान मुद्दा फछर्याैट हुन बाँकी रहेका छन् । मानव बेचविखन सम्बन्धी ८ थान मुद्दा दर्ता भएकोमा ४ थान मुद्दा फछर्याैट भई ४ थान फछर्याैट हुन बाँकी रहेको छ । जबरजस्ती करणी सम्बन्धी ४२ थान मुद्दाको लगत रहेकोमा २५ थान फैसला हुदाँ १७ थान फछर्याैट हुन बाँकी देखिन्छ । फैसला कार्यान्वयनतर्फ चैत्र मसान्तसम्म १ सय २४ थान निवेदन फैसला गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा ६ थान कम निवेदन फैसला भएको कास्की जिल्ला अदालतको तहसिल शाखाले जनाएको छ । यो आर्थिक वर्ष चैत्र मसान्तसम्म १ सय ७ थान मुद्दा मेलमिलाप केन्द्रमा पठाइएको मा १३ थान मुद्दा मेलमिलाप केन्द्रबाट मिलापत्र भएका छन् । हालसम्म अदालतबाट ३ सय ८८ वटा अधिकृत वारेसनामा प्रमाणित भएका छन् । अदालतमा गत माघ ४ गतेबाट सूरु गरिएको निशुल्क निवेदन हाल सम्म १ हजार ३ सय १२ सेवाग्राहीले भरेको न्यायमा पहुँच शाखाले जनाएको छ । अदालतमा हालसम्म ९२ थान अनलाइन म्याद तामेलीको लागि म्याद प्राप्त भएको ८८ थान म्याद तामेल भई पठाइसकिएको देखिन्छ । कास्की जिल्ला अदालतमा झण्डै ५० हजार मुद्दा अभिलेख शाखामा रहेकोमा २० हजार सफ्टवयरमा प्रविष्ट गर्ने कार्य भई सकेको छ । बाँकीलाई पनि सफ्टवेयरमा प्रविष्ट गरिने अदालतले जनाएको छ । अन्तत्र्रिmया कार्यक्रममा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश शेखर प्रसाद पौडेल, अतिरिक्त जिल्ला न्यायाधीशहरु अनन्तराज डुम्रे, नागेन्द्र लाल कर्ण, नरिश्वर भण्डारी, नारायण प्रसाद दाहाल, विष्णुप्रसाद गौतम र स्रेस्तेदार कृष्णप्रसाद नेपालले सञ्चारकर्मीको जिज्ञासा मेटाएका थिए । उनीहरुले आगामी  दिनमा अदालतले गर्ने कार्यहरुको बारेमा समेत संचारकर्मीलाई जानकारी गराएका थिए ।






Post a Comment

 
Top