0
गोल्डेन न्यूज संवाददाता
विदेश गएका युवाहरुले फेसवुकबाट रकम संकलन गरी कास्कीकोट–९ गैरावारीमा एक कार्यक्रमका वीच सभासद डिल बहादुर नेपालीले सामुदायिक भवनको शिलान्यास गरेका छन् ।  सामाजिक संजालको प्रयोग गरी गाउँमा  कार्यक्रमहरु गर्न सजिलो बनाउने अभियान सहित सामुदायिक भवनको शिलान्यास गरिएको हो । सभासद नेपालीले आगामी आर्थिक वर्षको संसद विकास कोषबाट एक लाख एक हजार एक रुपयाँ दिने घोषणासमेत गरेका छन् । कार्यक्रममा समाजसेवी वेधनीधि शर्माले अभियानको सफलताको कामना व्यक्त गर्दै ३७ हजार दुई सय रुपयाँ प्रदान गरे । गाँउमा निर्माण हुन लागेको सामुदायिक भवनले आगामी दिनमा तालिम बैठक र सेमिनार संचालन गर्न सजिलो हुने मा गाउँलेहरु विश्वस्त छन् । नयाँ शक्ति नेपालका केन्दीय सदस्य देवी सुवेदीले १५्र हजार स्थानीय आमा समूहले १० हजार आर्थिक सहयोग गरेका छन् । शिलान्यास संगै गाँमा परिवर्तन नेपालसगँको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गरिएको थियो । शिविरमा १०६ जनाको मधुमेह, रक्तचाप लगायत रोगहरुको परीक्षण तथा उपचार गरिएको परिर्वतन नेपालका अध्यक्ष डा. डीके श्रेष्ठले जानकारी दिए  । जग्गादाता गणेश बहादुर बस्नेत र सानो चिनबहादुर बस्नेतलाई प्रमाणपत्र तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक कुविर प्रसाद सुवेदी तथा हर्कु थापालाई दोषल्ला ओढाएर सम्मान गरीएको थियो । समाजमा हुने यस्ता क्रियाकलापले अन्य समाजमा पनि उदारणीय प्रस्तुत गरेको सहभागीहरुले बताएका छन् । कार्यक्रम गैरावारी चौतारो निर्माण समितिका अध्यक्ष हिक्मत बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शेषराज तिमिल्सिनाले गरेका थिए ।  भवन निर्माण गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने र सहयोग आउने क्रम जारी रहेको निर्माण संयोजक मिन बस्नेतले बताए। बेदहरि तिमिल्सिना, डिल्लीराम भट्टराई, खेमनाथ तिमिल्सिना, भरत अधिकारी, अगिन्धर त्रिपाठी, भीम सुवेदी, देवी सुवेदी लगायतले सामासजिक कार्यमा युवाहरुले विदेशबाट सुरु गरेको अभियानको प्रशंसा गरेका थिए । यसअघि गैरावारीमा रहेको चौतारोको पुनःनिर्माण समेत गरिसकिएको छ ।




Post a Comment

 
Top