0
गोल्डेन न्यूज संवाददाता
पच्चिसय साठिऔं बुद्ध जयन्तीको अवसरमा बिश्व शान्ती स्तुप तथा युवा बौद्ध संघ नदिपुरको आयोजनामा बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व शान्ति स्तुप अनदुमा भएको स्वास्थ्य शिविरमा १ सय ८० जनाले स्वास्थ्य जाँच गराएका थिए भने रक्तदान कार्यक्रममा १६ युनिट रगत संकलन भएको बिश्व शान्ती स्तुप समितीका सचिब उत्तममान बुद्धाचार्यले जानकारी दिए ।
स्वास्थ्य शिविर कार्यक्रममा बरिष्ठ बालरोग विशेषज्ञ डा. भाईरत्न शाक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञमान शाक्य, बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. महेन्द्र पाण्डे, फिजिसियन डा.अनिशा झा, दन्तरोग विशेषज्ञ डा.विनिता बज्राचार्य, बरिष्ठ ल्याब टेक्निसियन अरुणकुमार झा मनिपाल अस्पतालका डा. आंशिक झा, डा. अशोक मण्डल र डा. नरेश पौडेलले स्वास्थ परीक्षण गरेका थिए । शिविरमा प्राविधिक सहयोग पोखरा मेडिकल हलको रहेको थियो ।
बिश्व शान्ति स्तुप समितिका उपाध्यक्ष शंकर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी भिक्षु सागर धम्मले बिश्व शान्ति स्तुप यस क्षेत्रमा रहनुले संसारभर यस क्षेत्रको प्रचार भएको भन्दै पर्यटकीय क्षेत्रका रुपमा बिकास भएकैले यहाँका जनताको आर्थिक उपार्जनमा सर्वाङ्गिण विकास भएको बताए । कार्यक्रममा पोखरा वडा नम्बर २५ पुम्दी–भुम्दीका वडा सचिब राम प्रसाद पौडेल, सृजनशिल क्लबका झम्कनाथ देवकोटा, बौद्ध अर्घौ सदनका अध्यक्ष भुवनसिंह गुरुङ्ग, बुद्ध जयन्ती समारोह समितिका सचिब गोबिन्द ुताम्रकार, डा. गेहेन्द्रमान उदास पोखरेली, डा. भाईरत्न शाक्य लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत शुसन पौडेलले गरेका थिए भने सञ्चालन बिश्व शान्ति स्तुप समितीका सचिब उत्तममान बुद्धाचार्यले गरेका थिए । यसअघि पच्चिसय साठिऔं बुद्ध जयन्तीको सप्ताहब्यापी कार्यक्रमको शुभारम्भ र्याली धेसेलिङ गुम्बा दीपबाट शुरु भई बिश्व शान्ति स्तुप अनदुमा पुगेर समापन भएको थियो । र्यालीका संयोजक रबिन्द्र बज्राचार्य रहेका थिए भने रक्तदान कार्यक्रमका संयोजक आशिष बजिमय थिए । रक्तदान कार्यक्रमको उद्घाटन बरिष्ठ बालरोग बिशेषज्ञ डा. भाईरत्न शाक्यले रक्त सञ्चार केन्द्रका प्राविधिक अर्जुन ज्ञवालीलाई ब्लड ब्याग हस्तान्तरण गरेर शुरुवात गरेका थिए । 
बुद्ध जयन्तीको अवसरमा आयोजित सप्ताहब्यापी कायक्रम अन्तर्गत आईतबार युवा बौद्ध संघ पोखराको आयोजनामा बेगनास तालमा प्राण दान माछाको छत्तर छोड्ने कार्यक्रम रहेको छ ।









Post a Comment

 
Top