0
शिशुवा कृषि सहकारी सस्था लेखनाथ–८ ले आफनो १०आंै स्थापना दिवसको अवसर पारेर शिशुवामा रहेको शान्ति निमाविका विद्यार्थीहरुलाई पाष्ठ्य सामाग्री र झोला वितरण गरेको छ। संस्थाको बार्षिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वलाई बहन गर्दै उक्त विद्यालयमा अध्यनरत एक सय पाँच जना विद्यार्थीहरुका लागि स्टेशनरी र झोला वितरण गरिएको हो । सहयोग सामाग्री हस्तान्तरण गर्दै सहकारी डिभिजन कार्यालय कास्कीका प्रशिक्षक बालकृष्ण सुवेदीले सहकारीले आर्थिक उपार्जनको साथमा स्थानीय तहमा सामाजिक विकासको क्षेत्रमा काम गर्दै उपभोक्ताको मन जित्न सक्नु पर्नेमा जोड दिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, लेखनाथ सहकारी मञ्चका उपाध्यक्ष सोमलाल कडेल,सस्थाका शिक्षा उप–समितिका संयोजक वामदेव जमरकटेल, शान्ति निमावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद अधिकारी लगायतले विद्यार्थीहरुको शैक्षिक विकासमा सहकारीले अगाडि सारेको योजना प्रभावकारी र उपायोगी भएको बताएका थिए । संस्थाका अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव नविनप्रसाद बाँस्तोलाले गरेका थिए भने उपाध्यक्ष विष्णुप्रसाद भण्डरीले गरेका थिए। यसैबीच सस्थाले स्थापनाको १०औं वर्षगाठको अवसर पारेर ३६५ दिनै सेवा र सन्ध्याकालीन सेवा समेत प्रवाह गरि शेयर सदस्य तथा ग्राहकहरुलाई थप सेवा प्रवाह गर्ने सस्थाका अध्यक्ष कृष्णप्रसाद तिवारीले उक्त अवसरमा घोषणा गरेका थिए।























Post a Comment

 
Top