0
गलकोट समाज जापानले यहाँका १२ वटा स्वास्थ्य संस्थालाई रु ४० लाख बढीको स्वास्थ्य उपकरण र सामग्री प्रदान गरेको छ । हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रसहित अन्य ११ गाविसका स्वास्थ्य चौकीलाई गरी रु ४० लाख २८ हजारको उपकरण प्रदान गरेको हो । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा तारानाथ पौडेल र गलकोट समाज जापानका अध्यक्ष हर्क थापाले ती उपकरण तथा सामग्री हस्तान्तरण गरे । जसमा गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई सबैभन्दा बढी रु २९ लाख २८ हजार मूल्य बराबरका उपकरण दिइएको छ । बाँकी गलकोटका ११ गाविसमा रहेका स्वास्थ्य चौकीलाई रु एक लाख मूल्यका स्वास्थ्य उपकरण र सामग्री प्रदान गरिएको समाजका अध्यक्ष थापाले जानकारी दिए । उपकरण पाउने स्वास्थ्य चौकीमा हटिया, मल्म, पाण्डवखानी, काँडेबास, रिघा, दुदिलाभाटी, नरेठाँटी, हिल, तारा, अर्गल र अमरभूमि रहेका छन् । विभिन्न २३ प्रकारका उपकरण प्रदान गरिएको समाजले जनाएको छ । जसमा (भिडियो एक्स–रे), (एक्स–रे, (इसिजी), (निबुलाइजर), (प्रसूति बेड) लगायतका उपकरण रहेका छन् । “जापानमा रहेका गलकोटेहरू को सहयोगले यो सम्भव भएको हो, आफ्नो आम्दानीको केही अंश कटाएर गाउँठाउँका लागि योगदान गर्न खोजेका हौँ” समाजका अध्यक्ष थापाले भने । समाजले गत अङ्ग्रेजी नयाँ वर्षमा जापानमा साङ्गीतिक कार्यक्रम राखेर स्वास्थ्य शिविर राख्न र उपकरण सहयोग गर्न आर्थिक सहायता जुटाएको थियो । 















Post a Comment

 
Top