0
शितलज्योति युवा क्लब पोखरा–१२ ले आफ्नो बार्षिकोत्सवको उपलक्ष्यमा एक छात्रा एक छात्र लाई छात्रबृत्ति प्रदान गरेको छ । शितलादेवी सामुदायिक विद्यालय को प्राङ्गणमा सम्पन्न कार्यक्रममा केक काटेर शुभकामना आदान–प्रदान समेत गरेको  थियो ।  अध्ययनको शिलशिलामा अष्टे«लियामा गएका शितलदेबी निवासी श्री बाँस्तोला र अमेरिकामा रहेका छिनेडाँडा निवासी रतन गुरुङ्गले क्लबलाई छात्रवृत्तिका लागि आर्थिक सहयोग गर्ने श्री बाँस्तोलाले जानकारी दिए । बाँस्तोलाका बुवा ठाकुर प्रसाद बाँस्तोलाले गरिब तथा जेहेन्दार कक्षा ५ र ६ मा अध्ययन गर्ने विद्यार्थीद्वय स्वेता भण्डारी र अनिश श्रेष्ठलाई छात्रवृत्ति प्रदान गरे । कार्यक्रममा क्लबमा रिक्त रहेको कार्यसमिति सदस्यहरु मा रामबहादुर गुरुङ्ग, पेचबहादुर गुरुङ्ग, अर्जुन गुरुङ्ग, जुमबहादुर गुरुङ्गलाई सदस्यमा र गजबहादुर गुरुङ्गलाई सल्लाहकारमा क्लबका उपाध्क्षयद्वय सन्तोष गुरुङ्ग र अमृत गुरुङ्गले खादा र अबिर लगाई स–सम्मान चयन गरेको छ । क्लबका अध्यक्ष सुरज श्रेष्ठको अध्यक्षताका भएको कार्यक्रममा वडा नं—१२ का सचिव श्रीकान्त तिमिल्सिना, पोखरा १२ वडा समन्य समितिका अध्यक्ष भुवन प्रकाश आचार्य, निर्वतमान अध्यक्ष ऋषभ देब बाँस्तोला, क्लबका सल्लाहकार गजबहादुर गुरुङ्ग, शितलदेबी सामुदायिक विद्यालयका प्राचार्य बाबुराम अधिकारी, शितलदेबी मन्दिर सेवा समितिका कार्यबाहक अध्यक्ष रामबहादुर कार्की लगायतले बोलेका थिए । क्लबका सचिव पूर्ण बहादुर गुरुङ्गले संचालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष नर प्रसाद गुरुङ्गले गरेका थिए ।


Post a Comment

 
Top