गर्मीको मौसम रोगहरुको खानी हो भनेर भनिन्छ । त्यसमा पनि पोखरामा केही दिनयता अत्यधिक गर्मी बढेसँगै विभिन्न प्रकारका गर्मीजन्य रोगको जोखिम पनि बढ्दै गएको छ । बढ्दो गर्मीका कारण पोखराका विभिन्न अस्पतालहरुमा बिरामीहरुको चाप बढ्दै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् । बढ्दो गर्मीसँगै यससँग सम्बन्धित विभिन्न रोगहरुको संक्रमणको जोखिम बढेको चिकित्सक को भनाइ छ । फोहोर पानीका कारण सर्ने झाडापखला, हैजालगायतका रोगहरु बढी देखिने यो मौसमामा हिले पानी पर्ने तथा कहिले चर्को घाम लाग्नेक्रम बढेमा भाइरल ज्वरो पनि फैलन सक्ने सम्धावना निकै हुने ग
यदि लामखुट्टेको टोकाईबाट लाग्ने रोगहरुबाट टाढा हुनुछ भने लामखुट्टेको बासस्थान पत्ता लगाई जोखिमहरु कम गर्न सकिने विश्वकर्मा बताउनुहुन्छ । लामखुट्टेले नाली तथा खाल्डोहरुमा जमेको पानीमा फूल पार्ने भएकोले त्यस्ता खाल्डोहरु पुरिदिन अथवा विषादीको प्रयोग गरी लामखुट्टे मार्न र फैलिन नदिन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नको लागि झूलभित्र सुत्ने तथा विभिन्न क्रिमहरु जस्तै मस्कुलन रिपेलन्टको प्रयोग गर्न सकिने उनीहरुले बताए ।
गर्मीमा बढी मेहनत गरेर काम गर्नेहरुको बढी पसिना निस्कासन भएमा शरीरको तापक्रम सामान्यभन्दा कम हुन गई हिट स्ट्रोक नामक स्वास्थ्य समस्याका कारण बिरामी हाइपोथर्मीयाको स्थितिमा आउन सक्ने चिकित्सक बताउँछन् । कसैलाई हिट स्ट्रोक भएमा सिरक ओढाएर तथा हिटर बालेर उसको शरीरको तापक्रम बढाउन सकिने बताइन्छ । यस्ता बिरामीको समयमा निगरानी हुन नसकेमा बिरामीको मृत्युसमेत हुन सक्छ । गर्मीमा बाहिरबाट आउँदा साबुन पानीले हात धुने, वरपरको वातावरण सफा राख्ने, सधैँ पानी उमालेर पिउने, जुनसुकै खानेकुरा अपच हुने तरिकाले नखानेलगायतका कुरामा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् ।
गर्मीमा हुने रोगबाट बच्न के गर्ने ?
गर्मी मौसममा धेरैजसो बालबालिका रोगको सिकार हुन्छन्। यो मौसममा बढी गर्मी हुने भएकाले खाएको खाना राम्रोसँग पच्दैन। त्यसैले गर्मीमा बालबालिकाहरूमा झाडापखाला, आउँ, एलर्जी, ठेउला, दादुराजस्ता समस्या देखा पर्छन्। यो मौसममा चिसा खानेकुरा खाइने भएकाले हाँडे आउने सम्भावना पनि उत्तिकै हुन्छ। यसैगरी औलो, मस्तिष्क ज्वरो पनि आउन सक्छ भने तराईमा मलेरिया हुनसक्छ। त्यसबाहेक दूषित पानीबाट टाइफाइड, हैजा, निमोनिया, घाउखटिरा तथा मेनेन्जाइटिसले सताउनुका साथै जुका पनि पर्न सक्छ।वरपरको वातावरण तथा बदलिदो जीवनशैलीका कारण रोगले आक्रमण गर्छ। बजारमा पाइने पानीपुरी, चटपटे आदि खुल्ला खानेकुरा खाने ट्रेन्ड बालबालिकाहरूमा पनि बढ्दो छ। बालबालिकाहरू घरमा बनाइएका खानेकुरा भन्दा यस्ता खानेकुरामा बढी नै लोभिन्छन्। यस्ता खानेकुरा खाँदा पेट दुखेर डायरिया तथा बान्ता हुनसक्छ। त्यस्तै फोहोर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने सम्भावना पनि उत्तिकै हुन्छ।
बालबालिकाको उमेर र रोग लाग्ने कारण
सामान्यतयाः एक वर्षमुनिका बालबालिका बढी बिरामी पर्छन्। गर्मीमा मात्र नभै जुनसुकै मौसममा पनि यो उमेरका बालबालिका बढी बिरामी पर्छन्। त्यसबाहेक पाँच वर्षसम्मका बालबालिका पनि बिरामी पर्छन्। बालबालिका बिरामी पर्ने कारण यही हो भन्ने छैन। बिरामी पर्ने धेरै कारण हुन्छन्। रोगको प्रकृतिअनुसार बिरामी हुने कारण पत्ता लगाउन सकिन्छ। गर्मी मौसममा बान्ता तथा झाडापखाला लाग्ने कारण भने दूषित खानपान तथा पानी नै हो। बासी, सडेगलेका तथा झिंगा भन्किएका खानेकुरा, फोहोर पानी अनि फोहोरी हातबाट बनाइएका खानेकुराबाट पनि रोग लाग्नसक्छ। खाना राख्ने तथा खाने भाँडा फोहोर भएर पनि रोग लाग्छ। बजारमा काटेर राखिएका फलफूल नधोई खानु हँुदैन। यसैगरी सागसब्जी तथा सलाद पनि सफा पानीले नपखाली खाए बिरामी भइन्छ। यो मौसममा झिंगा, लामखुट्टे, फट्यांग्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवं रहनसहनमा विशेष ध्यान पु¥याउनु आवश्यक छ।पनि अत्याधिक बढेका छन् ।
लामखुट्टे बढेको हुनाले यसको टोकाइबाट फैलने मलेरिया, डेङगुजस्ता रोगहरुको पनि उच्च जोखिम रहने चिकित्सक बताउँछन् । गर्मीमा बढी मेहनत गरेर काम गर्नेहरुको बढी पसिना निस्कने भएकाले त्यसबाट शरीरमा समस्या सृजना हुन नदिन पानी प्रशस्त पिउनुपर्छ । शरीरको तापक्रम सन्तुलनमा राख्न पानी अधिक पिउनु पर्नेर्छ। गर्मीमा प्रदुषण धेरै हुने भएकाले लामो बाउला भएको कपडा लगाएर हिड्ने र माक्सको प्रयोग गर्न सके पनि छालाका रोगमा कमि आउन सक्छ । गर्मीमा बाहिरबाट आउँदा साबुन पानीले हात धुने, नुहाउने, वरपरको वातावरण सफा राख्ने, सधै पानी उमालेर पिउने, खानेकुरा अपच हुने तरिकाले नखाने, बासी र अस्वस्थकर जस्तो देखिने खानेकुरा नखाने बढी तनाव नलिने र राती सुत्ने बेला बिस्तरा राम्रोसँग टक्टक्याएर सुत्ने लगायतका कुरामा ध्यान दिनसके गर्मी जन्य रोगबाट बच्न सकिने चिकित्सक बताउँछन् ।
गर्मीमा खानैपर्ने यी १० फाइदाजनक खानेकुरा
गर्मीबाट छुटाकारा पाउनका लागि हामीमध्ये धेरैले कोल्ड ड्रिंक्स अथवा आइसक्रिम खाने गर्दछौँ । यसले तपाईंको शरिरमा नकारात्मक असर पुर्याउने पनि सायद हामीमध्ये धेरैलाई थाहा होला ।
गर्मीमा सबैले आफ्नो आहारामा निकै धेरै पानीको साथै साग समावेश गर्नुपर्ने हुन्छ । गर्मीमा सबै रोगहरुले शरिरलाई घेर्ने हुँदा खानामा सागसब्जी संलग्न गर्दा निकै धेरै पोषण पाइने गर्दछ । आज हामी तपाईंलाई यस्ता खानेकुराको बारेमा जानकारी दिँदै छौँ जुन तपाईंले गर्मीमा खान अत्यावश्यक छ । यी खानेकुराहरु खाँदा तपाईंको पेट पनि ठिक हुनुका साथै शरिर निकै ताजा हुने गर्दछ ।
१. फर्सीः गर्मीमा फर्सीको सेवन गर्दा पेट सफा हुने गर्दछ । यसले पेटको किरालाई पनि सखाप पार्ने गर्दछ । यसमा पोटासियम र फाइबरको मात्रा निकै धेरै हुने गर्दछ । यसले रक्तचापलाई पनि कन्ट्रोल गर्ने गर्दछ । यसले छालाको थुप्रै रोगलाई पनि ठिक पार्ने गर्दछ । यसले मधुमेहका रोगीलाई पनि फाइदा पुर्याउने गर्दछ ।
२. तितेकरेलाः करेलाले छाला सम्बन्धि रोग लाग्नबाट बचाउँछ । यसले छालामा फंगल इन्फेक्सन र दागको उत्पत्ति हुनबाट बचाउँछ । यसले उच्च रक्तचाप र मधुमेहलाई ठिक ठाउँमा राख्ने गर्दछ ।
३. लौकाः लौकामा निकै धेरै पानी हुने भएका कारण गर्मीमा यसको सेवनले शरिरलाई निकै फाइदा पुर्याउने गर्दछ । यसका साथै यसले पेटको रोग जस्तै एसिडिटी र अपचलाई टाढा राख्ने गर्दछ । लौकामा पाइने सोडियमले पनि शरिरलाई निकै फाइदा पु¥याउँछ ।
४. चाइनिज स्पिनिचः चाइनिज स्पिनिच एकप्रकारको साग हो जसमा प्रचुर मात्रामा भिटामिन ए, बी सिक्स र भिटामिन सी पाइने गर्दछ । यसमा गर्मी भगाउने तत्व पनि पाइने गर्दछ । यसले गर्मीमा लाग्ने मलेरिया रोगलाई पनि टाढा राख्दछ ।
५. पाटे घिरौँलाः यो तरकारीले रगतलाई सफा गर्ने, ब्लड सुगरलाई नियन्त्रित गर्ने गर्दछ र पेटको लागि निकै फाइदाजनक मानिन्छ ।
६. काँक्रोः काँक्रोमा ९६ प्रतिशत पानी पाइने गर्दछ जसले शरिरको तापमानलाई पूर्ण रुपमा नियन्त्रित गर्ने गर्दछ । काँक्रोमा निकै धेरै पोटासियम, म्याग्निसियम र फाइबर पाइने गर्दछ जसले ब्लड प्रेसरलाई सधैँ नियन्त्रणमा राख्दछ ।
७. पालुङ्गोः पालुङ्गोमा क्याल्सियम, म्याग्नेसियम, भिटामिन ए, बी, सी आदि प्रचुर मात्रामा पाइने गर्दछ । यसका साथै यो रेशायुक्त हुने गर्दछ । यसकारण यसलाई जीवन रक्षक भोजनको रुपमा लिइन्छ ।
८. भेँडे खुर्सानीः यसमा भिटामिन सि, भिटामिन ए र बीटा क्यारोटिन भारी मात्रामा पाइन्छ । यसमा क्यालोरीको मात्रा नहुने भएका कारण यसले खराब कालेस्ट्रोललाई बढाउँदैन । यसले शरिरलाई हृदयाघात, दम, मोतिबिन्दु बाट लड्न पनि सहयोग गर्दछ ।
९. हरियो सिमीः हरियो सिमीमा ओमेगा–३ फ्याटी एसिड हुने गर्दछ । यसका साथै यसमा निकै धेरै फाइबर हुने गर्दछ जसमा हृदय रोग हुनबाट बचाउँछ भने गर्मीमा पनि शरिरलाई राहत प्रदान गर्दछ ।
१०. खरबुजाः गर्मीमा हाइड्रेट रहँदा तपाईंको दिमाग तिखो र मुड स्टेबल हुने गर्दछ । यसले तपाईंको शरीरलाई ताजासमेत राख्दछ । सबैभन्दा राम्रो पक्ष भनेको खरबुजा खाँदा तपाईंले पानी पिइराख्नुपर्दैन । एक नयाँ अनुसन्धानका अनुसार पानीको मात्रा धेरै भएको खानेकुरा खाँदा थोरै क्यालोरी भएको खानाले नै तपाईंलाई सन्तुष्ट पार्ने बताएको छ ।
कब्जियत रोगबाट बच्ने ७ घरेलु उपाय
कब्जियत साझा स्वास्थ्य समस्या हो । यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ । सबै उमेरका मानिसमा देखिने यो रोगबाट विशेषगरी वृद्धवृद्धा पीडित छन् । कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन् । विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ ।
१.पानी ः पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो । बारम्बार प्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ । तर, पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान होइन । धारा वा कुवाको सफा पानी तताएर वा ‘प्युरिफाई’ गरेर पानी खाँदा कब्जियतको खतरा घट्नुका साथै कब्जियत भइसकेका व्यक्तिलाई पनि धेरै फाइदा गर्छ ।
२ फलफूल तथा सागसब्जी ः ताजा फलफूल तथा सब्जी उच्च पोषणयुक्त मात्र होइन, त्यसमा प्रशस्त फाइबर र तरल पदार्थ हुन्छ । यो हाम्रो समग्र पाचन पक्रियामा फाइदाजनक हुन्छ । तसर्थ, प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियतको सम्भावना हँुदैन र भइसकेको कब्जियत पनि निको हुन्छ ।
३.फाइबरयुक्त खाना ः हामी शरीरलाई चाहिने खानाको सट्टा अन्य अनावश्यक खानेकुरा खाएर पैसाको हिनामिना गरेका हुन्छौँ । तर, त्यही पैसाबाट पोसिलो र शरीरलाई हित गर्ने स्वस्थकर खानाको बारेमा हेक्का नराख्दा हामीले स्वास्थ्यमा ठूलो मूल्य चुकाइरहेका छाँै । जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खााना पोसिलो मात्र होइन कब्जियतका लागि महत्वपूर्ण औषधि नै साबित भएका छन् ।
४.गेडागुडी ः भिटामिन र प्रोटिनयुक्त गेडागुडी र बिउबिजनको नियमित उपभोगले कब्जियतलाई स्वभाविक रुपमै अन्य गरिदिन्छ ।
५.उखुको जुस, खुदो र मह ः कब्जियतका लागि उखुको जुस, खुदो र मह अचुक औषधि हुन् । उखुको जुसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधिको काम गर्छ ।
६.अंगुर र कागती ः उच्च साइट्रस एसिडयुक्त अंगुर र कागतीले आन्द्राको फोहोरलाई सजिलै मलद्वारमार्फत निष्कासन गरिदिन्छ । थोरै मात्र अंगुर र कागती जुसले पनि यो समस्यालाई तत्कालै समाधान गरिदिन्छ ।
७. व्यायाम ः विज्ञहरुका अनुसार उठबसलगायतको शारीरिक व्यायाय पनि आन्द्रामा रहेको स्टुल फाल्नका लागि उपयुक्त तरिका हो ।
Post a Comment