0
गोल्डेन न्यूज संवाददाता
स्वामी महेश्वरानन्द महामण्डलेश्वर, परमहंशले योग र ध्यानको माध्यमबाट जीवनलाई सुखमय बनाउन सकिने बताएका छन् । एक हप्ताको लागि पोखरा आउनु भएका स्वामीले आइतबार लेकसाइडमा रहेको होटल बिश्राममा प्रवचन दिँदै संस्कारयुक्त जीवन नै सुखमय हुने बताए ।  श्रृष्टिको रचनाकर्ता भगवान शिव भएको र शिवभूमि नेपाल नै भएकोले सबैले नेपालको भलो चाहनुपर्ने उनको भनाई थियो । एक अर्को प्रसंगमा उनले संसारको पहिलो आवाज नै ओम भएको र अमेरिकी अनुसन्धान संस्था नासाले समेत त्यसलाई प्रमाणित गरेको बताए । उनले प्रवचन सुन्न भेला भएका बालबालिका तथा अन्य व्यक्तिहरुलाई विभिन्न योगका विभिन्न आसन सिकाए भने आरती गर्दै भगवान बन्दना पनि गरे । भारतको राजस्थान प्रदेशको पाली जिल्लाको सानो गाउँ रुपावासमा  सन् १९४५ को १५ अगष्टका दिन जन्मिएका स्वामीले  आफ्नो सिँगो जीवन वैदिक सनातन धर्म एवं योगको प्रचारको लागि समर्पित गरेका छन् ।  सन् १९७२ बाट योग र जीवनको प्रचारको लागि स्वामीजीले आष्ट्रिया, चेक गणराज्य, स्लोभाकिया, जर्मनी, हंगेरी, क्रोएसिया, स्टेभानिया, बोस्निया, स्वीजरल्याण्ड, स्पेन, इटली, फ्रान्स, नेदरल्याण्ड, बेलायत, युक्रेन, जर्जिया, अष्टे«ेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानडा, मेक्सिको लगायतका देशहरुमा प्रवचन दिँदै आएका छन् । स्वामीजीले मानव अधिकारको संरक्षण, सहिष्णुता, सर्वधर्म समभाव हेतु आफ्नो जीवन अर्पित गर्नुभएको छ । शान्ति दूतको रुपमा  विख्यात स्वामी महेश्वरानन्दले गत ४० वर्षको दौरानकोक्रममा  विश्वका महान राजनेता र धार्मिक गुरुहरुलाई भेटेर धर्म चर्चा र पूर्वीय दर्शनलाई घरघरसम्म पु¥याउने जिम्मेवारी बहन गरेका थिए। १९८७ मा नयाँ दिल्ली विश्व विकास संसदले स्वामीजीलाई  स्वामी धर्म चक्रवर्ती, सार्वभौम जगत गुरुको अवार्डबाट सम्मानित गरेको थियो । यसैगरी सन् १९९८ मा हरिद्वारमा सम्पन्न महा कुम्भमेलाको अवसरमा महानिर्वाण अखडाद्वमा प्राध्यापक तथा बनारसका संस्कृतका धुरन्धर विद्धानहरुको सभाबाट जगतगुरु शंकराचार्य एवं श्री स्वामी नरेन्द्र नन्दनजी सरस्वतीको समुपस्थितिमा विश्व गुरुको उपाधिले सम्मान गरिएको  थियो । स्वामीजी कर्ममा विश्वास गर्छन् र यही कर्मको क्रममा उनलाई विश्वका विभिन्न ठाउँमा अभिनन्दन गरिएको छ । सोमबार साँझ पाँच बजे पनि उनले प्रवचन दिने कार्यक्रम तय भएको छ ।




Post a Comment

 
Top