२०६२÷६३ सम्म हेर्ने हो भने नेपालको विद्यार्थी राजनीतिले देशलाई तरंगित बनाउनसक्ने क्षमता राख्थ्यो। अझ त्योभन्दा अगाडिका परिवर्तनहरूमा विद्यार्थी राजनीतिले पु¥याएको योगदान बिर्सन नसक्नेगरीकै छ। विद्यार्थी राजनीतिमार्फत मूलधारको राजनीतिक नेतृत्वमा कतिपय नेताहरू कहलिएकै पनि छन्। २०६२÷०६३ को आन्दोलन पश्चात्को विद्यार्थी राजनीतिलाई हेर्ने हो भने यो समाजले पचाउनै नसक्ने अवस्थामा पुगेको छ। कतिपय सन्दर्भमा स्वयम् नेताहरूले नै प्रश्न उठाउने गरेका छन् कि विद्यार्थी राजनीतिलाई अब कुन हिसाबले परिभाषित गर्ने? खिइँदै खिइँदै अहिले अलोकप्रियता को चरमबिन्दूमा पुगेको विद्यार्थी राजनीतिलाई पुनर्र्भािषत गर्ने बेला आएको नेताहरू बताउँछन्।
केही सार्वजनिक कलेजहरूमा थोरै जमातमा रहेका विद्यार्थी संगठनहरू विद्यार्थी हकहितको निम्ति हैन, कसले कति विद्यार्थी छिराएबापतको कमिशन उठाउन, शैक्षिक संस्थामा अनावश्यक हडताल, स्रोतसाधनको दुरूपयोग र सरुवा–बढुवामा मात्र केन्द्रित छन्। यिनले संगठन र पार्टीको जनाधार, भोट बलियो बनाउने हैन, भएको जनाधार पनि माटोमा मिलाउँदैछन्। विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरू देशको बिग्रँदो अवस्थाप्रति चिन्तित छैनन्, यदि हुन्थे भने त आज देशमा नाकाबन्दी र मधेस आन्दोलनले यत्रो समस्या सिर्जना गर्दा त्यसविषयमा बहस चलाउन सक्थे, राजनीतिक नेतृत्वलाई घच्घच्याउन सक्थे। विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी आम सरोकारका विषयमा किन चुँ बोल्न सक्दैनन्?
विद्यार्थी राजनीतिबाटै उदाएका नेपाली कांग्रेसका लोकप्रिय युवा नेता गगन थापा नेपाली विद्यार्थी राजनीतिको वर्तमान अवस्थाप्रति जति चिन्तित थिए, अब छैनन्। किनभने विद्यार्थी राजनीतिको यही अवस्था आजको दिनमा अर्थपूर्ण रहँदैन भन्ने निष्कर्ष उनको छ। उनका अनुसार कुनै बेला अत्यन्तै महत्वपूर्ण मानिएको विद्यार्थी राजनीतिबारे अहिले चासो नै हराएर जान थालेको छ। ‘विद्यार्थी राजनीतिले यदि शैक्षिक गुणस्तर बढाइदिएको, एकेडेमिक बहस चलाइदिएको अथवा जनाधार बलियो बनाइदिएको भए आज किन विद्यार्थी र अभिभावक यसप्रति विकर्षित हुन्थे?,’ थापाको प्रष्ट बुझाइ छ, ‘आजको दिनमा तपाईं हामी छोराछोरी पढाउन कस्तो ठाउँ खोज्छौं जहाँ विद्यार्थी राजनीति हुँदैन।’ शनिबार सेतोपाटीको कार्यालयमै उनले एक घन्टासम्म विद्यार्थी राजनीतिको औचित्यबारे बहस गरे। उनको निष्कर्ष यो छ – अब शैक्षिक संस्था छोडेर बाहिर निस्कौं। ‘बाँकी सबै छोडेर बीस पचास शैक्षिक संस्थामात्र कब्जा गरेर हुन्छ? हाम्रो उद्देश्य पूरा हुन्छ यतिले? राजनीतिक उद्देश्य, रणनीतिक उद्देश्य नै मिलेन, त्यसैले विद्यार्थी राजनीति अहिले हाम्रो प्राथमिकतमा छैन। हामी खिइएर सानो ठाउँमा पुगेका छौं, त्यो ठाउँ छोड्यौं भने फराकिलो ठाउँ देख्छौं,’ थापा भन्छन्।
विद्यार्थी राजनीतिको इतिहास
थापाका अनुसार नेपालको प्रजातान्त्रिक आन्दोलन, विद्यार्थी आन्दोलन, संघ–संगठनको उपादेयताको बारेमा चर्चा परिचर्चा गर्ने क्रममा यसको स्थापनाकालको दिनसम्म नपुगेसम्म सही निष्कर्षमा पुग्न सकिँदैन। एकप्रकारले नेपालको विद्यार्थी आन्दोलनले नै प्रजातन्त्रको जग हालेको हो। इतिहास यही छ। २०१७ सालको शाही ‘कू’पश्चात् चेतनाका हिसाबले पनि र संगठित हुने हिसाबले पनि नेपाली कांग्रेस लगायत पार्टीले विद्यार्थी संगठित बनाए। त्यो बेला जायज र ऐतिहासिक हिसाबले पनि उपयुक्त थियो। त्यो क्रममा नेपालका विद्यार्थी संगठनको इतिहास बन्यो। प्रजातान्त्रिक आन्दोलनलाई टेवा पुर्यायो।
त्यसबेला योगदान पु¥याउने मान्छेकै नेतृत्व अहिले पार्टीमा स्थापित पनि छ। कतिमात्रमा भयो भएन, तर त्यो योगदान हो। दलका निम्ति प्रशिक्षित पंक्ति पनि स्थापित गर्यो र प्रजातान्त्रिक आन्दोलनको जग पनि हाल्यो। २०४६ सालको परिवर्तनपछि अब विद्यार्थी संगठनले आफ्नो भ्रमिका परिवर्तन गर्नुपर्छ भन्ने बहस यदाकदा चल्थ्यो, चलेको हो। हामी भर्खर क्याम्पस प्रवेश गर्दा छलफल भएकै हो। विद्वानहरूले भनेका पनि हुन्। अवस्था परिवर्तन भइसक्यो भन्ने थियो। तर विद्यार्थी संगठनले काम गर्ने ढाँचामा परिवर्तन आएन, पुरानै ढर्रामा रह्यो। सायद, नेपालको प्रजातान्त्रिक कालपश्चात् राम्रो ढंगले विद्यार्थी राजनीतिलाई व्यवस्थित गरिएको भए अहिले अस्तित्व नै संकटमा पर्ने अवस्था आउँथेन। पार्टी र विद्यार्थी संगठनको सम्बन्ध के हुने? अब चाहिन्छ कि चाहिँदैन, चाहिने भए किन ? छलफल हुनै सकेन।
राजाको प्रत्यक्ष शासनपछि
राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन सुरू भएपछि फेरि नेपाली राजनीति पञ्चायती व्यवस्थातिर धकेलिन खोज्यो। अब एकपटक पञ्चायतविरुद्धको जस्तै लडाइँ लड्नुपर्ने आवश्यकता महसुस भयो। अधिकार पुनःस्थापना गर्ने सन्दर्भमा विद्यार्थी आन्दोलन एक प्रकारले जायज थियो। सशस्त्र युद्धमा रहेको माओवादी र संसदभित्र रहेका दलको बीचमा एउटा राजनीतिक सम्झौता भएको थियो।
पार्टी–विद्यार्थी संगठन सम्बन्ध
पहिलोः आजको दिनमा नेपालको पार्टीको भ्रातृ संगठनको रुपमा विद्यार्थी संगठनको वैधानिक हैसियत प्राप्त छ। चाहे त्यो नेविसंघ, अनेरास्ववियु वा अखिल क्रान्तिकारी जुनसुकैमा होस्। किन बनाएको भन्ने सन्दर्भमा स्पष्ट धारणा छ। कुनै निश्चित उमेरमा उसले विचार पुर्याउँछ, आफ्नो मतदाता बढाउन चाहन्छ, सदस्य बनाउन चाहन्छ, जसरी राजनीतिक दलले समाजमा आफूलाई स्थापित गराउन चाहन्छ।
दोस्रोस् त्यो आफ्नो नर्सरी पनि हो। नर्सरीबाट बेर्नाहरु निस्किन्छन्, कुनै ठूलो रुख बन्छ, कुनैले फल दिन्छ, कोही जोगिन्छन्। कोही मासिन्छन्। पार्टीको सदस्यतासँग सम्बन्ध राख्छ। हामीकहाँ कलिलै उमेरमा पार्टीको सदस्यता लिएर विस्तारैविस्तारै प्रशिक्षित गरेर दस–बीस वर्ष काम गरेपछि नेतृत्वमा लाने परम्परा छ। तेस्रोः यो प्रतिस्पर्धाको राजनीति हो। कुनै संगठनले आफ्नो ठाउँ छोड्नेबित्तिकै अरु हावी हुन्छन्। विधानले संविधानले बर्जित गरेको छैन। अर्कोको बर्चश्व बढ्ने भएपछि आफू पछि हट्ने कुरा भएन। १८र२० वर्षमुनिकालाई विद्यार्थी राजनीतिमा ल्याउनु हुँदैन भन्ने विषयमा छलफल भएको मलाई याद छ। हामीले त यो उमेरमा नजाने भन्यौं, तर अन्यले पाँच छ कक्षा पढेका विद्यार्थी पनि लिन थाले। फलानो कमिटीको अध्यक्ष भन्न थालेपछि अरु पार्टीले पनि त्यसलाई एक्लै रहन दिने भन्ने हुँदैन। थापाका अनुसार पार्टीलाई यो तरिकाको संगठनले के गर्छ भन्ने हो। पार्टीले आफ्नो विभागमात्र बनाएको हैन। हाम्रो उपस्थिति कहाँ रहने भयो भन्दा विभिन्न प्राज्ञिक संस्थामा। त्यो हिसाबले हेर्ने हो भने नेपालमा अहिले चाहिँ एकप्रकारले कस्तो अवस्था छ भने दस कक्षासम्म त विद्यार्थी संगठनको उपस्थिति कहीँ पनि छैन। स्कुलहरू खाली छन्। धेरैजसो ठाउँमा हाइयर सेकेन्डरी स्कुलमा पनि छैन। ११–१२ सम्म छैन। ११–१२ पास गरेपछि भने अत्यन्त सानो संख्यामा छ। नेपालभित्र जाने र बाहिर जाने विद्यार्थीको समूह नै छ।
आकर्षण छैन, बढाउने सोच पनि छैन ः? विद्यार्थी संगठनमा मैले पनि अगाडि काम गरेको हो। त्यतिबेला त्यस्तो थिएन, एकप्रकारको क्रेज थियो। अहिले जहाँ उनीहरूको उपस्थिति छ, भएको ठाउँ र नभएको ठाउँको तुलना गर्ने हो भने उपस्थिति भएको ठाउँमा गज्जब मूल्यांकन हुनुपर्ने हो। गज्जब एकेडेमिक प्राज्ञिक वातावरण राम्रो भएको हुनुपर्ने हो, त्यहाँको विद्यार्थीले प्राप्त गरेको ज्ञान र अवसर एकदमै फरक हुनुपर्ने हो। जहाँ संगठनको उपस्थिति छैन त्यहाँबाट विद्यार्थी संगठनको माग पनि छैन। हामीले हाम्रो श्रेष्ठतालाई प्रमाणित गर्न सकेको अवस्था छैन। हामी जहाँ छौं त्यो ठाउँमा हाम्रो काम, कार्यशैली, एजेण्डाकोे प्रभाव चाहिँ छ, पहिलेको राजनीतिक हिसाबले पनि हो। हामी कहीँ न कहीँ जोडिएका थियौं।
संगठन चाहिन्छ चाहिँदैन सन्दर्भमा
थापाको बुझाइमा पार्टीहरूलाई विद्यार्थी संगठन चाहिन्छ कि चाहिँदैन भन्ने सन्दर्भमा त्यो राजनीतिक पार्टीले निर्णय गर्ने अधिकार हो। कतिवटा विभाग बनाउने, संगठन कहाँ बनाउँछु भन्ने उसको अधिकार क्षेत्रभित्रको कुरा हो। तर उसको निर्णयले कुन–कुन संस्थामा आफ्नो उपस्थिति जनाउन पाउँछ, कहाँ–कहाँ क्रियाशील बनाउन पाउँछ भन्ने कुरा त पार्टीसँग मात्र जोडिएको हैन।
अब बहस गर्ने बेला आयो। स्कुलमा छैन एकदमै राम्रो भयो। प्लस टु मा छैनौं ठिक छ। हामी युनिभर्सिटीको केही क्याम्पसमा मात्र छौं । मलाई के लाग्छ भने इन्भेष्टमेन्ट र आउटपुटको हिसाबले हेर्यो भने सबैभन्दा बढी इन्भेष्टमेन्ट भएको क्षेत्र हो पब्लिक एजुकेशन सेक्टर। त्यहाँ त हाम्रो आउटपुट एकदमै अन्तर छ। विद्यार्थी संगठन त्यहाँ नगएको वर्षौं भयो। त्यहाँ विद्यार्थी संगठन महत्वपूर्ण थियो भने त त्यहाँ जानुपथ्र्यो। खास त्यत्रो सकारात्मक परिवर्तन गर्न सकेको अवस्था रहेन। नेपालका राजनीतिक दलले बनाएका विद्यार्थी संगठन जति छन्, उनीहरूलाई विश्व विद्यालयभित्र स्वतन्त्र विद्यार्थी युनियन चुनाव गर्छौैं भन्ने अधिकार छ। त्यो गर्ने कि नगर्ने र गरे कसरी हुने अब अहिले नयाँ बहस सुरू भएको छ, उमेरको। एक कदम भए पनि त्यो सकारात्मक बहस हो।
म साथीहरूको बीचमा भन्छु, कस्तो अनप्रोफेसन हो यो? १७–१८ वर्षसम्म एकदमै आफ्नोमात्रै राजनीतिक भविष्य सोच्यो भने पनि १७–१८ वर्षसम्म सभापति हुन्छ भनेर कुर्यो भने उसको दलको सफलताको हिसाबले र रणनीतिको हिसाबले त एकदमै बढो कमजोर रणनीति हो। एउटै क्याम्पसमा १७–१८ वर्ष बिताएको मान्छे कहाँ पुग्छ? त्यो ढंगले थुप्रै मान्छेको इनर्जी टाइम वेस्ट भएको अवस्था छ।
साँघुरो घेरामा विद्यार्थी संगठन
अहिलेको समयमा छलफलको विषय के हुन सक्छ भने पब्लिक संस्था जहाँ सरकारको लगानी छ, त्यहाँ चाहिँ विद्यार्थी उमेर तोकिएको छ। १८ वर्षमुनिका विद्यार्थीलाई राजनीतिमा लगाउन पाइँदैन। स्वतन्त्र विद्यार्थी युनियन होस्, प्रतिस्पर्धा होस्, कलेजभित्र होस्, त्यो चाहिँ पार्टीमा आवद्ध भएको विद्यार्थी हुनुपर्ने कि नपर्ने? भारतमात्र हैन, अन्यत्र पनि हेर्यौं। विद्यार्थी संगठन भएको देख्यौं तर पार्टीमा आवद्ध भएको विद्यार्थी संगठन चाहिँ सरकारी शिक्षण संस्थामा चाहिन्छ कि चाहिँदैन भन्ने छ। एउटा उमेर समूहमा उसले राजनीति गर्न खोज्ला, जस्तो अहिले पार्टीले तरुण दल युवा संगठन छन्, त्यो उमेर समूहमा विचार लान्छ। जनताले कति विश्वास गरेका छन् कि छैनन्, म चाहिँ ८० प्रतिशतमा मात्रै विद्यार्थी संगठन देख्छु। त्यसैले, प्रतिनिधित्वको हिसाबले जोड दिने भन्दा पनि पार्टीका संगठनको मुद्दाको हिसाबले, एजेन्डाको हिसाब, कार्यशैलीले गर्दा आमरुपमा विद्यार्थी कसरी आकर्षित गर्ने, उनीहरूलाई कसरी संगठित गराउने कुरामा सोच्नुपर्छ।
पार्टीले आमरुपमा संगठन बनाउँछ। किसान संगठन बनाउँछ, अरु के–के। विद्यार्थीमात्र यस्तो संगठन हो जसले आमरुपमा हैन, सानो घेरामा। किन थोरै? त्रिभुवन विश्वविद्यालयमा मात्र किन रहेको? चुनावै गराउने हो भने प्रत्येक संस्थामा गराऔं। प्रतिस्पर्धा एकदमै उत्तम हो। राम्रो गरेको छ भन्ने लाग्यो भने सबैतिर संगठन विस्तार गरौं। यो भनिरहँदा यदि राम्रो लाग्ने हो भने माग किन नआएको? तलबाट किन नआएको? सकेसम्म बाबुआमाले पनि विद्यार्थी संगठन नभएको ठाउँ कहाँ छ भन्दै खोजीखोजी छोराछोरी भर्ना गर्न किन खोजेको? त्यसले के देखाउँछ भने हाम्रो उपस्थिति चाहिँ उपयुक्त छैन भन्ने समाजले खोज्यो। हामी अब पब्लिक इन्स्टिच्युसनमा यो ढंगले जाने हैन। निर्वाचन गराउने भनेको उपस्थितिको हिसाबले उपयुक्त हुन्छ। अहिलेको सन्दर्भमा काम गर्ने तरिकाले परिवर्तन गर्ने हो। पार्टीको सन्दर्भमा जुन दिनसम्म पार्टीको सदस्य खुला राखिँदैन, त्यो दिनसम्म यस्तो रहिरहन्छ। जब यो ढाँचा भत्काउँछौं त्यसपछि जो पनि आउन सक्छन्। सक्षम व्यक्तिको खोजी गरेर संगठनात्मक ढाँचा बनाऔं।
शैक्षिक संस्थामा हकहितका लागि भन्दा पनि फरक किसिमले किन गतिविधि गर्छन्? भएन भने ताला लाउँछन्, तोडफोड गर्छन्, मोसो दल्छन्, उनीहरूलाई कामको दायरामा ल्याउन किन नसकिएको? तिम्रो काम यो हो है भन्न किन नसकिएको? भन्ने सन्दर्भमा पार्टी एक–दुई कुरामा स्पष्ट हुनुपर्छ। पार्टीहरूले विद्यार्थी संगठन आफ्नो नियन्त्रणमा रहोस् भन्ने चाहना राख्छन्, चाहे निर्वाचन गराएर वा नगराएर होस्। चासो देखिन्छ। सबैले भ्रातृ संस्थाको प्रत्यक्ष निगरानी राख्छन्, हस्तक्षेप गराउनेसम्मको क्षमता छ। सिद्धान्ततः मानौं, सय जनालाई प्रभावित पार्न हामीले विद्यार्थी संगठन खोलेको हो। ८० जनामा छँदै छैंनौं। सम्पर्कै छैन। २० जनामा छौं, १० जनामा हाम्रो छ, १० मा छैन। हाम्रो व्यवहार र शैलीका कारणले गर्दा। एकदमै राम्रोसँग हेर्यौं भने त्यसबाट पार्टीलाई यसबाट के फाइदा भएको छ? त्यसले के प्राप्त गराएको छ?
मूलतः कार्यशैली सुधार गर्ने हो समग्र सबै बदलेर। त्यसको कामले ठूलो समूहलाई आकर्षित गर्छ, विश्वास बढाउँछ भने पो फाइदा भो। मलाई लाग्छ राजनीतिक दल यो केसमा लुजर हुन्। हामी आफ्नो ठूलो पंक्ति आफूबाट अलग गराइरहेका छौं, काम गर्ने शैलीको कारणले। त्यसैले यहाँनिर राजनीतिक दलले यस्तो विद्यार्थी संगठनलाई यस्तै तरिकाले किन राख्ने? विश्वविद्यालयमा जे गरे पनि किन छुट दिने ? एकातिर प्रभाव पनि भएन। भोलिको लागि एउटा पंक्ति पनि तयार गर्न खोजेका हौं हामीले। हामीले त्यहाँ पनि लुज गर्यौं। १७–१८ वर्ष काम गरेको मान्छेमा कुनै विश्वसनीयता बढ्न सकेको छैन, समाजलाई तरंगित गर्न सक्दैन, त्यहाँभित्र भएको स्रोतसाधनमा मात्र अल्मलिएर बस्ने वातावरण बन्छ भने त्यही कुरामा हामी प्रशिक्षित दीक्षित गर्छौं भने भोलि गएर न पार्टीले मतदाता पायो, न प्रभाव पार्यो, न त उसले खोजेजस्तो पंक्ति नै पायो। विद्यार्थी राजनीतिको काम गर्ने ढाँचा लुजर भयो।
हिजोदेखि गर्दै आएकोले किन नगर्ने र अर्कोले गर्दै आएकोले हामी किन नगर्ने? भन्ने प्रश्न छ। एकछिनका लागि पार्टीले केही पनि नसोचोस्। राष्ट्रिय हित, दलसँगको आदर्श र बढो रणनीतिक हिसाबले हेर्यो भने पनि आजको दिनमा उसले विद्यार्थी संगठन चलाइरहेको तरिकाबाट कोही बाहिरको म्यानेजर हायर गरेर ल्याइयो भने उसले पहिले भन्दिन्छ– तपाईंले विद्यार्थी संगठन चलाउने तरिका फेर्नेस्। जुन उमेर समूहको विद्यार्थी ल्याउनुपर्ने हो त्यो कहाँ छ कहाँ छ। अलगथलग छ, कुनै सम्बन्धै छैन।
खुम्चिएको खुम्चियै, प्रभाव छैन
थापाको नजरमा विद्यार्थी संगठन खिइएर यति सानो भइसक्यो कि यत्रो वर्ष आफ्ू काम गरिरहेको ठाउँमा पनि क्याम्पसको निर्वाचन नभएको वर्षौं भयो। होस् नहोस् छोडिदिऔं, तर हुनुपथ्र्यो भनेर त आम विद्यार्थीले माग गरेको छैन। हजारौें संख्यामा आएर किन भएन भन्दैन? शैक्षिक गतिविधि प्रभावित भयो भनेर किन आउँदैनन्? कसैले मागेनन् त। खाली माथि–माथिको विद्यार्थीले मात्र विश्वविद्यालयसँग माग गर्नेबाहेक तलबाट आएको छैन। जहाँ छैनन्, त्यहाँ हुने कुरै भएन। जहाँ छन् त्यहाँ पनि माग छैन। यसले के सिकाइरहेको छ भने यो गम्भीर समस्या हो। हामी जे छौं हाम्रो उपस्थिति मन पराइएको छैन, हामीले जसरी काम गरिरहेका छौं काम गर्ने तरिका मन पराइएको छैन। त्यसैले किन यो बन्द गर्नुपर्छ भने अब हामीले हाम्रो उपस्थिति नयाँ ढंगले दर्ज गर्ने बेला आयो। हाम्रो स्वीकार्यता बलको आधारमा, जबरजस्तीको आधारमा हैन, स्वतस्फूर्त बढोस्। समाजले रुचाओस्। हामीले यो बनाउन सक्नुपर्यो।
यहाँ त भर्ना, कसले कति भर्ना गर्यो, कसले कति फर्जी बिल बनायो, पियोर टेक्निकल कुरामात्र। किन हामी आकर्षण भएनौं? यत्रो मधेस आन्दोलन चलिरहेको छ। विश्वविद्यालयभित्रका विद्यार्थी संगठनले कुन विषयमा छलफल गरिरहेका छन्? कुन डिरेक्सन दिने भनेर सोचिरहेका छन्? यहाँ कहीँ केही डिबेट चलेको छ? मुर्दा शान्तिजस्तो छ। भर्ना, स्रोतसाधन, टेक्निकल कुरा, सरुवा बढुवा त्यतिमात्र चासो छ। संविधान जारी गर्ने बेला समस्या थियो। अहिले पनि नेपालमा समस्या छ। यत्रो पोलिटिकल एजेन्डा छ, कहीँ कतै क्याम्पसमा बहस देखिँदै देखिँदैन। हाम्रो पालामा चाहिँ के थियो भने मेजर पोलिटिकल एजेन्डा जुन थियो त्यो चाहिँ कहाँ पुगेको थियो भने विश्वविद्यालय र क्याम्पसको हाताभित्र। त्यो विषय आउँथ्यो। जसले गर्दा आकर्षण कायम राख्यो, अब अहिले त्यो नभएको अवस्था भयो।
मन पराएनन्, त्यसैले बाहिर निस्कौं ः के बुझ्नुपर्यो भने हामी एक त शैक्षिक संस्थामा लगभग नभएको अवस्था हो। हामीले छोड्दै गइसक्यौं। हामी अहिले जुन अवस्थामा पुगेका छौं, अब त्यही अवस्थामा किन रहिरहने? त्रिचन्द्र वा आरआर क्याम्पसमा मात्र किन चाहियो? काठमाडौं विश्वविद्यालय मा किन नचाहिएको? नेपालको थोरै क्याम्पसमा मात्र किन चाहिएको? अन्त किन नचाहिएको? चाहियो भन्ने सबैतिर राखौं, हैन भने पार्टीसँग अबद्ध भ्रातृ संगठनहरूको जसरी स्कुल खोल्यौं, अब नेपालको शैक्षिक संस्थाबाट बाहिर राखौं। यसबाट बाहिर रहे हुन्छ, अलग रहे हुन्छ। दलले विद्यार्थी संगठन बनाउँछ, त्यो विद्यार्थी संगठनले आफ्नो काम गर्छ। दलले आफ्नो संगठनको प्रभाव निर्वाचन जित्न पनि बढाउँछ। सबैतिर संगठन बनाउने भयो, काम यही हो उसको। तर उसको संगठन बनाउने तरिका र काम गर्ने तरिकामा भरपर्छ।
अहिलेको शैक्षिक संस्थामा आवश्यक छ कि छैन भन्ने सन्दर्भमा मागलाई हेरौं। कसैले रुचाएनन्, बोलाएनन्। यसले के संकेत ग¥यो भने त्यो खालको हाम्रो उपस्थितिलाई बन्द गर्ने बेला आएको देखायो, बन्द गरौं। त्यहाँबाट बाहिर जाऔं। त्यसपछि सबै खुला भयो। हामी कुनै क्याम्पसमा गएर ताला लाउन पाएनौं। अब त हाम्रो मुद्दाहरू र काम गर्ने तरिकाबाट प्रभावित गराएर मान्छेलाई आकर्षित गर्ने हो।
त्यो ढंगबाट विद्यार्थी संघ रहन्छन्, गर्छन्। तर शैक्षिक संस्थामा उपस्थितिको सन्दर्भमा हामीहरूको उपस्थिति अनुपयुक्त भएको कारणले नै हामी राजनीतिक दलले छोड्दै पनि गएका हौं। थाहा नपाइकन, हिसाबकिताब नगरीकन बाहिरिँदै गएका छौंं। शैक्षिक संस्थामा पार्टीले खोलेको संस्था छ, उनीहरूको नाममा प्रश्न उठेको छ। नैतिक प्रश्न उठेको छ, आक्षेप हैन। हामी कोही पनि राजनीति हुने शैक्षिक संस्थामा छोराछोरी पढाउन चाहन्छौं? हामी आफ्नो छोराछोरी जहाँ राजनीति छैन, त्यहाँ सकेसम्म हामी छान्ने ठाउँमा यिनीहरू छैनन् भन्ने खोज्छौं। अर्को कुरा जो व्यक्ति यस्तो अवस्थाको संगठनमा गरिरहेको छ, उसले पनि सोच्ने बेला आयो।
अब युनिभर्सिटीहरू आफ्नो नियम कानुनले चल्छन्। आफ्नो बाटो समात्छन्। प्राज्ञिक प्रशासनिक काममा सुधार गर्नु है भनेर जान्छन्। हामीले एकप्रकारको सिस्टम क्रिएट गरेर समस्या सिर्जना गरिरहेका छौं। यस्तो ठाउँमा हामीले युनिट खोल्देका छौं कि जहाँ एजेण्डा सकियो, रिसोर्सको प्रतिस्पर्धा मात्र छ। न पार्टीलाई फाइदा छ, न एकेडेमिक क्षेत्रलाई। हिजो के भो भनेर प्रश्न उठेको छैन। हामीले संविधान बनायौं, अब इस्टिच्युसन बनाऔं। जुन कुराले परिणाम दिएन, परिणाम आएन, नआएपछि अब चाहिँ एउटा बेला आयो। शैक्षिक संस्थामा उपस्थिति छोडेर फरक ढंगले विद्यार्थी संगठनहरूलाई काम गर्ने ठाउँ दिनुपर्छ।
Post a Comment