0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल सबैभन्दा बढी बिरामीको चाप हुने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अब हर्टकेयर सेन्टर स्थापना हुने भएको छ । अहिलेसम्म मुटुरोग विशेषज्ञको एउटा मात्र दरबन्दी रहेको र सामान्य उपचार मात्र हुने गरेकोमा अबको एक ÷ डेढ महिनामा हृदयाघातको उपचार र शल्यक्रिया सुविधासहितको सेवा संचालन गर्न लागिएको मेडिकल सुपरिटेन्डेन्ट डा श्रीकृष्ण श्रेष्ठले बताए । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालको पहलमा लायन्स अन्तर्राष्ट्रियबाट करिब एक करोड सात लाख रुपैयाँ हर्ट केयर स्थापनाको सहयोगका लागि स्वीकृति भइसकेको डिष्ट्रिक्ट गभर्नर ध्रुवबहादुर थापाले जानकारी दिए । 
‘लायन्स अन्तर्र्रािष्ट्रयबाट पोखरामा हर्ट केयर सेन्टर स्थापनाका सहयोग रकम स्वीकृत भइसकेको छ, उपकरण नआएर मात्रै हो, छिटै उपचारसेवा सुरु हुन्छ । उनले भने,–‘मुटुका रोगीहरुलाई पोखरामै राम्रो उपचार प्रदान गर्ने हाम्रो लक्ष्य पूरा हुँदैछ ।’ हर्ट केयर सेन्टर स्थापनाका लागि पोखरा उद्योग वाणिज्य संघलगायत अन्य व्यवसायी तथा निजी क्षेत्र र सरकारी नियकासँग सहकार्य भएको उनले बताए । हर्ट केयर सेन्टर स्थापना पछि पोखरा तथा आसपासका जिल्लाबाट धेरै मानिसहरु लाभान्वित हुने छन् ।
हर्ट केयर सेन्टर स्थापनाका लागि पोखरा उद्योग वाणिज्य संघले बिउ पुँजीको रुपमा १५ लाख रुपैयाँ सहयोग गरिसकेको छ । पोखरामा हर्ट केयर सेन्टर अत्यावश्यक भएकाले आफूहरुले सहयोग प्रदान गरेको संघका अध्यक्ष बिन्दुकुमार थापाले बताए । ‘लायन्ससँग सहकार्य गरी हर्ट केयर सेन्टर स्थापनाका लागि हामी सक्रिय भएर लाग्छौं,’ उनले भने । हर्ट केयर सेन्टर स्थापनाका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भवन उपलब्ध गराइसकेको छ । ‘पहिलो चरणमा ४ वटा बेडबाट मुटुको उपचार शुरु हुन्छ’ गभर्नर थापाले भने । यसअघि मनिपाल मेडिकल कलेजले पश्चिमाञ्चलमै पहिलो पटक हृदयघात निदान गर्ने क्याथ ल्याब गत चैतबाट सुरु गरेको छ । राजधानी बाहिरको यो चौथो क्याथ ल्याब हो । यसअघि धरान, विराटनगर र चितवनमा यो सेवा सुरु भइसकेको छ । तीन सय ५० शैययाको क्षेत्रीय अस्पतालले गत आर्थिक वर्षमा मात्र चार लाख भन्दा बढीलाई ओपीडी सेवा प्रदान गरेको छ । गण्डकी र धवलागिरीका विभिन्न जिल्लाबाट बिरामीहरु यहाँ आउने गरेका छन् । यो अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सरकारी स्वीकृति नै आइसकेको छ । यसको लागि संसदले ऐन पनि पारित गरिसकेको छ ।






Post a Comment

 
Top